२१औं शताब्दीको विद्यार्थी आन्दोलन जोगाउन हाम्रो कार्यभार

Post Thumbnail

रश्मि आचार्य

नेपालको विद्यार्थी आन्दोलनसँग अभिन्न रूपले साइनो गाँसिएको स्वतन्त्र विद्यार्थी युनियनको बहस यतिवेला पुनः तातेको छ । मूलतः त्रिविले १४ फागुनमा स्ववियु निर्वाचन गर्ने तालिका सार्वजनिक गरेपछि स्ववियु र विद्यार्थी आन्दोलनको पक्ष र विपक्षमा अनेकौँ बहस थालिएका छन् । परिवर्तित सन्दर्भमा स्ववियुका कार्यभार के हुन सक्छन् भनी सिर्जनात्मक कोणबाट भएका बहस मनासिब नै भए पनि विद्यार्थी आन्दोलन र स्ववियुकोे औचित्य सकियो भन्ने दलिलचाहिँ पूर्णतः पूर्वाग्रही र प्रतिगामी खालका छन् । यस्ता कुतर्क अलोकतान्त्रिक मनोग्रन्थीका उपजबाहेक अरू होइनन् ।

विद्यार्थी आन्दोलनको स्वरूप ? सम्भवतः नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासबारे अनभिज्ञ कमै छन् । पञ्चायती कालरात्रिले जनअधिकार कुण्ठित गरेको समयमा स्ववियुले खेलेको राजनीतिक र शैक्षिक भूमिका स्वर्णिम अक्षरले लेखिएको छ । धेरै टाढा जानैपर्दैन, ०६२र६३ को जनक्रान्तिको पृष्ठभूमिमा हरेक कलेजमा ‘राजतन्त्रको सान्दर्भिकता कति’ रु भन्ने बहस निर्भीकतापूर्वक चलाउने र ‘नमुना जनमत संग्रह’ गराएर शतप्रतिशत विद्यार्थी गणतन्त्रको पक्षमा रहेको तथ्य स्थापित गर्ने युगीन अभिभारा यिनै स्ववियुले पूरा गरेका थिए । घटनाक्रमले भन्छ, गणतन्त्रको मुद्दामा विद्यार्थी अघिअघि र राजनीतिक पार्टी पछिपछि नै थिए ।

देशमा गणतन्त्र आइसकेपछि विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट उठाउन राजनीतिक तह र स्वयं विद्यार्थी जगत्बाट जुन स्तरको मिहिनेत गर्नुपथ्र्यो, त्यसमा कमी भएकै छ । स्ववियु निर्वाचनलाई नियमित गर्ने, निर्वाचनलाई संस्कारयुक्त बनाउने, स्ववियुका नयाँ कार्यभार तय गर्ने र स्ववियुमार्फत आमविद्यार्थीलाई राष्ट्रिय अभियानमा सामेल गराउने पाटोतर्फ बहस हुनै पाएन । ०६५ को एउटा निर्वाचनबाहेक अन्य निर्वाचन राजनीतिक कोपभाजनको सिकार भए । बीचको कालखण्डमा स्ववियु निर्वाचन स्वस्थ र मर्यादित तवरले सम्पन्न गरी लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्नेभन्दा पनि निर्वाचन रोकेर सामथ्र्य देखाउने रबैया हाबी भयो । जसले गर्दा एक दशकसम्म नेतृत्वको मूल फुटाउने स्ववियु सुक्खा खडेरीमा परिणत भए । यस रिक्तताले नयाँ पुस्तामा राजनीतिप्रति विकर्षणसमेत सिर्जना गर्‍यो ।

उल्लिखित सन्दर्भको विद्यार्थी संगठन र राजनीतिक पार्टीले निर्ममतापूर्वक समीक्षा गर्नैपर्छ । क्रान्तिपछि राजनीतिक संस्कार, संस्कृति र नेतृत्वको आमचरित्रमा परिवर्तन ल्याउन नसकेको सत्यता सबैले स्विकार्नैपर्छ । विद्यार्थी संगठनले आफूलाई दबाब र जागरणको भूमिकाबाट बिस्तारै अलग गर्न खोज्नु र केवल माउपार्टीको इसारा कुर्ने संगठनमा सीमित हुँदा कैयौँ प्रश्न खडा भएको वास्तविकतालाई आत्मसात गर्नैपर्छ । यसर्थ अब पुरानै ढर्रा र चल्तेचलातेभन्दा पृथक् ढंगबाट विद्यार्थी आन्दोलनको मार्ग कोर्न जरुरी छ । दबाब र जागरणको लोकमार्ग नछोडी आन्दोलनका स्वरूप र तौरतरिका परिष्कृत गर्न अत्यावश्यक छ ।

अग्रजले विद्यार्थी आन्दोलन थाल्दा एउटा विश्वविद्यालय, थोरै विषय, केही सरकारी शिक्षालय मात्रै थिए । आज विद्यार्थीको संख्या, शिक्षा क्षेत्रको विविधता, शैक्षिक संस्थाको आकारप्रकार ह्वात्तै बढेको छ । हिजो कुनै समय पढ्न पाउनुलाई नै ठूलो उपलब्धि ठानिन्थ्यो, आज समान पहुँचसँगै गुणस्तरको सवाल एकाकार भएर आएको छ । संविधानले नै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा सुनिश्चित गरेको छ । विश्वव्यापीकरण, विज्ञान र प्रविधिमा आएको द्रुत विकासले एक देशका विद्यार्थीको प्रतिस्पर्धा अन्य देशका विद्यार्थीसँग हुन पुगेको छ । यसकारण विद्यार्थी आन्दोलनसामु हिजोभन्दा कैयौँ गुणा बढी जिम्मेवारी थपिएका छन् । यसको बहुआयामिकतालाई बुझेर पाइला चाल्नु नै आजको विद्यार्थी आन्दोलनको मुख्य चुनौती हो ।

संसार हेर्न चाहनेले साँघुरो घेरा तोड्नैपर्छ । विद्यार्थी नेता माउपार्टीले छानिदिने प्रक्रियाले २१औँ शताब्दीको विद्यार्थी आन्दोलन जोगिन सक्दैन । पाइलैपिच्छे कान फुक्नुपर्ने, प्रत्येक गौँडामा क्रेन लगाउनुपर्ने र समयअनुसार अपडेट हुन नसक्नेहरूबाट यो तीव्रगतिको आन्दोलन हाँक्न सम्भव छैन । आजको चेतनालाई नेतृत्व गर्ने संगठनले माथिल्लो उचाइबाट सोच्ने, धारणा निर्माण गर्ने र विद्यार्थी परिचालन गर्ने क्षमता विकास गर्नैपर्छ । नत्र विद्यार्थी धेरै अघि र नेतृत्व निकै पछि हुन बेर लाग्दैन ।

स्ववियुको सान्दर्भिकता : क्याम्पसहरूमा स्ववियु गठन गर्न पाउने अधिकार धेरै विद्यार्थीको रगतसँग साटेर स्थापित भएको हो । पञ्चायती शासकले कैयौँपटक खोसेको, प्रतिबन्ध लगाएको, तर विद्यार्थीले संघर्षको बलमा पुनस्र्थापित गरेको साझा मञ्च हो, स्ववियु । देभरका स्ववियु यसको गरिमा कायम गर्न भगीरथ प्रयत्न गरिरहेका छन् । उपत्यकाभित्रका एकाध क्याम्पसका छिटपुट अभ्यासलाई हेरेर सिंगो संस्थाको औचित्यमाथि प्रश्न उठाउनु किमार्थ सही होइन । कहीँ गलत भएको छ भने त्यसलाई सच्याउन सकिन्छ, तर त्यही नाममा स्ववियुको आयु सकियो भन्नु कुतर्कसिवाय केही होइन । स्ववियुमाथि यत्रो वैरभाव किन रु यिनलाई नासेर आखिर कसको सेवा गर्न खोजिँदै छ रु देशका हरेक क्रान्तिको वीजारोपण गर्ने विद्यार्थी आन्दोलनमाथि यो स्तरको आक्रमण केका लागि गरिँदै छ रु प्रश्न उब्जिएको छ ।

विश्वविद्यालयभित्रका बेथितिको धर्का तान्दा विद्यार्थीको भन्दा कैयौँ गुणा लामा धर्का कर्मचारी, प्राध्यापक र विश्वविद्यालय प्रशासनकै देखिन्छन् । सिक्ने चरणमै रहेका विद्यार्थीका कमजोरीले विश्वविद्यालयलाई त्यति हानि गरेको छैन, जति धेरै हानि कर्मचारी र प्राध्यापकका नियोजित गलत रबैयाले गरेको छ । यस्तो वस्तुगत अवस्थामा कर्मचारी, प्राध्यापक र प्रशासनका बेथितिविरुद्ध निगरानी र खबरदारी गर्ने संस्था ९स्ववियु० लाई नै समाप्त गरेर कस्तो विश्वविद्यालय र क्याम्पसको परिकल्पना गर्न खोजिएको हो रु बहसकर्ताले जवाफ दिऊन् ।

विद्यार्थी रहुन्जेल विद्यार्थी संगठन र स्ववियु रहनु परिपूरक विषय हुन् । जहाँसम्म स्ववियुको भूमिकाको प्रश्न छ, यसलाई प्रश्नरहित बनाउन विद्यार्थी संगठन र त्यहाँ निर्वाचित पदाधिकारी तथा सदस्य सबैभन्दा बढी चनाखो बन्नैपर्छ । स्ववियुमाथि कालो धब्बा नलागोस्, आमविद्यार्थीको अनास्था नबढोस्, यसको साझापनको रंग नउडोस् भन्नेमा सबै सचेत बन्नैपर्छ । विश्व पाँचौँ ९फाइभ जी० प्रविधिमा अगाडि बढेको परिपे्रक्षमा नेपालका विद्यार्थीले नयाँ स्तरको सिर्जनशीलता क्याम्पसका स्ववियुमार्फत प्रकट गर्ने लक्ष्य राख्नुपर्छ । स्ववियुलाई प्रतिभा प्रस्फुटनको संगम बनाउने गरी कार्य गर्नु अबका स्ववियुको मुख्य कार्यभार हो । स्ववियुका मुख्य कार्यभारलाई यसरी संश्लेषण गर्न सकिन्छ ।

१० शैक्षिक मुद्दा : स्ववियुले युगको माग र विद्यार्थीको चाहनाअनुसार शैक्षिक र राजनीतिक विषय विगतमा बुलन्द गरेका थिए । परिवर्तित परिस्थितिले स्ववियुलाई शैक्षिक सवालमा केन्द्रित हुन निर्देशित गरेको छ । क्याम्पसको नियमित पठनपाठन, विद्यार्थीका सेवा–सुविधा, पुस्तकालय, खेलमैदान, परीक्षाको नतिजा, छात्रवृत्ति, खानेपानी, शौचालय, भौतिक विकास, सरसफाइजस्ता क्षेत्रमा स्ववियुको पहिलो आँखा जानैपर्छ । सार्वजनिक शिक्षालयको सबलीकरण स्ववियुले मुख्य एजेन्डा बनाउनैपर्छ । विद्यार्थीको माग र स्थानीय आवश्यकताअनुसार नयाँ विषय थप गर्ने, विद्यार्थीले झन्झटमुक्त तवरले प्रशासनिक काम लिने अवस्था निर्माण गर्ने, क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने, कक्षालाई पढाइ तथा प्रविधिमैत्री बनाउने र शैक्षिक अनुशासन कायम गर्ने कार्यभार स्ववियुले पूरा गर्नुपर्छ ।

देशमा नयाँ नेतृत्व जन्मेन, राजनीतिमा नयाँ पुस्ताको प्रवेश भएन पनि भन्ने र स्ववियु चाहिँदैन भनेर त्यसको मुहान टाल्न पनि खोज्ने प्रवृत्तिबाट विद्यार्थीले स्ववियुलाई बचाउन सक्नुपर्छ

२० उच्च संस्कार : विद्यार्थी संगठनबीचका लडाइँ, झगडा र तिक्तताले विगतमा केही गलत सन्देश गएको छ । यस दृश्यलाई बदल्नु स्ववियु र विद्यार्थी संगठनको अर्को महत्वपूर्ण दायित्व हो । विद्यार्थी असल संस्कारले सुसज्जित छन्, उनीहरूले गर्ने वाद, संवाद र प्रतिवाद उच्च संस्कारयुक्त छ भन्ने सन्देश हरेक क्याम्पसका स्ववियुले दिनुपर्छ । असहमतिभित्र सहमति खोजी देशभर असल संस्कार र संस्कृतिको जग बसाल्न शिक्षालयले अगुवाइ गर्दै छन् भन्ने सन्देश दिनुपर्छ । स्ववियुका हिसाब–किताब पारदर्शी तवरले राख्ने, हरेक वर्ष लेखापरीक्षण गरी विद्यार्थी सभामार्फत सामाजिक परीक्षण गराउने नीति अवलम्बन गर्नुपर्छ । विद्यार्थीले स्ववियुमार्फत निर्माण गरेको लोभलाग्दो संस्कृतिको प्रभाव राजनीतिक पार्टीमा पर्न सक्यो भने त्यसले निकै ठूलो तरंग पैदा गर्नेछ । तब मात्र विश्वविद्यालय र क्याम्पसले असल संस्कृति निर्माणमा योगदान गरेको ठहरिनेछ ।

३० प्राज्ञिक मर्यादा र श्रेष्ठता : विद्यार्थी आन्दोलनप्रति फर्केर बौद्धिक तप्काले जति धारेहात लगाए पनि विश्वविद्यालयको प्राज्ञिक मार्यादामा खलल पुर्‍याउन बौद्धिक तप्का नै मुख्य जिम्मेवार छ । विश्वविद्यालयलाई दलगत भागबन्डामा धकेलेर प्राज्ञिक स्वायत्ततालाई धुजाधुजा पार्न उनीहरू नै लिप्त छन् । ‘आफ्नो आङको भैँसी नदेख्ने तर अर्काको आङको जुम्रा देख्ने’ मनोरोगको उपचार खोज्न स्ववियुले निर्णायक भूमिका खेल्न जरुरी छ । त्यसैगरी विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न र विषयगत विशिष्टतासहित श्रेष्ठ जनशक्ति उत्पादनको योजना हरेक स्ववियुले अगाडि सार्नुपर्छ । भविष्यमा देशका लागि चाहिने योग्य प्रशासक, कूटनीतिज्ञ, अर्थशास्त्री, समाजशास्त्री, चिकित्सक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता, राजनीतिज्ञ निर्माणको नर्सरीका रूपमा स्ववियुले आफूलाई अभ्यस्त गराउनुपर्छ ।

४० खबरदारी अभियान : क्याम्पसभित्रका ठेक्कापट्टामा एकाध स्ववियु विगतमा मुछिएका कारण स्ववियुलाई बदनाम गराउन यसले केही मात्रामा काम गरेको छ । कतिपय क्याम्पसमा सर्वपक्षीय मिलेमतोमा गलत काम पनि भएका छन् । यस्ता गलत प्रवृत्तिबाट अब स्ववियुहरूले पूर्ण रूपले सम्बन्धविच्छेद गर्नुपर्छ । स्ववियु ठेक्कापट्टामा कुनै कोणबाट पनि जोडिनु हुँदैन । आर्थिक अनियमितता गर्ने, निजी स्वार्थका लागि क्याम्पस प्रशासनलाई धम्क्याउने वा दबाब दिनेजस्ता गतिविधिमा स्ववियुको संलग्नता वर्जित गर्नुपर्छ । यस्ता गतिविधिमा संलग्न हुनेलाई तत्काल कारबाही गर्न स्ववियु, विद्यार्थी संगठन र प्रशासनको एक स्वर हुनुपर्छ । मूलतः स्ववियुको भूमिका खबरदारी अभियानमा सशक्त हुने गरी स्थापित गर्नुपर्छ ।

५० सिर्जनशील तथा रचनात्मक स्ववियु : विद्यार्थी विद्रोहका बन्दुक मात्र होइनन्, सिर्जनाका संवाहक पनि हुन् भन्ने मान्यतालाई स्ववियुमार्फत स्थापित गर्नुपर्छ । सामाजिक जागरणका संवाहक, राष्ट्रियताका पहरेदार, जनजीविकाका पक्षपाती, सांस्कृतिक रूपान्तरणका सुचालक, समृद्ध नेपाल निर्माण अभियानलगायतमा उत्प्रेरकको भूमिका स्ववियुले खेल्न सक्छ । खेलकुदलगायत विभिन्न रचनात्मक प्रतियोगिता सञ्चालन गर्ने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्न श्रमदान र उद्यमशीलताका कार्यक्रममा स्ववियुको केन्द्रीय भूमिका रहनुपर्छ । मूलतः स्ववियुलाई सिर्जना र रचनात्मकताको पर्याय बनाउने कार्यभार उनीहरूले वहन गर्नुपर्छ ।

६० विद्यार्थीको सच्चा सारथि : स्ववियु सबै विचारधारा, समुदाय र तहका विद्यार्थीको साझा चौतारी हो । यो मूल मर्मलाई बचाउने गरी स्ववियु क्रियाशील रहनुपर्छ । मूलतः आवाजविहीन विद्यार्थीको आशा र भरोसाको केन्द्र बनेर यसले निष्पक्ष तवरले कार्य सम्पादन गर्नुपर्छ । यसले विचारधाराको चस्माले विद्यार्थीलाई हेर्नु हुँदैन । स्ववियुलाई आमविद्यार्थीले आफ्ना सुख, दुःखको सारथि ठान्नुपर्छ । न्याय दिलाउने बेन्चका रूपमा आमविद्यार्थीले स्ववियुप्रति भरोसा गर्न सक्नुपर्छ ।

निष्कर्ष : देशमा नयाँ नेतृत्व जन्मेन, राजीतिमा नयाँ पुस्ताको प्रवेश भएन पनि भन्ने र स्ववियु चाहिँदैन भनेर त्यसको मुहान टाल्न पनि खोज्ने प्रवृत्तिबाट विद्यार्थीले स्ववियुलाई बचाउन सक्नुपर्छ । समृद्ध दृष्टिकोण र उल्लिखित नयाँ कार्यभारसहितको स्ववियु नै विद्यार्थी आन्दोलनको परिकल्पना हो । विद्यार्थी आन्दोलनमा नयाँ शिराबाट रक्तसञ्चार गर्न र यो दशकका हजारौैँ विद्यार्थीलाई न्याय दिन स्ववियुको जगेर्नामा जुट्नु नै समयको माग हो ।

(आचार्य अनेरास्ववियुका उपाध्यक्ष हुन्)

ताजा अपडेट

खोजी गर्नुहोस