उत्पादनमा नगद अनुदान-कृषिमा फड्को मार्ने उपाय *

Post Thumbnail

बिष्णुहरि त्रिपाठी

कलाकार अमिर खानले मुम्बईमा १ किलो पिठो बाड्ने तरिकाले कसरी वास्तविक पिडितलाई राहत दिए भन्ने सामाजिक सन्जालमा भाईरल भईरहेको समाचारले आईडियाको महत्त्व दर्साएको छ । समस्याको समाधानको उपाय परिवर्तन नगरी समस्या निराकरण गर्न सकिँदैन । दुई तिहाई जनसंख्यासग जोडिएको कृषिको योगदान जिडिपीमा २८ प्रतिशात बाट कम्तिमा ५० प्रतिशात पुर्याउन प्रविधिको उच्चतम प्रयोग ,चक्लाबन्दीसँगै बजार सुनिस्चित र लागत उठ्ने ग्यारेन्टी आवश्यक छ ।

अरबौको कृषि बस्तु आयात भईरहेकोले बजार खोज्न समस्या रहेन । प्रमुख समस्या उत्पादनमा हैन,उत्पादित कृषि बस्तुमा बिचौलिया मार्फत बजारीकरण र लागत नउठ्ने समस्याको हो ।प्रविधिको प्रयोग एप्स, साईट, मोवाइलबाट कृषक र उपभोक्ता बिच राज्यले पुलको काम गर्ने, उत्पादनमा बिचौलियाको प्रवेश रोक्ने र उत्पादित फलफुल,तरकारी,माछा लगायतमा राज्यले तौलको आधारमा केही बर्षसम्म अनुदान दिने हो भने उत्पादन नाटकिय बड्ने सुनिस्चित छ ।

उदाहरणको लागि गोलभेडा, काउलीमा केजिको ५ रुपैया, माछामा २० रुपैयाँ सिधै कृषकको बैक खातामा नगद दिन सके कृषिमा राज्य माथी ब्रहलुट रोकिनेछ , पहुचका आधारमा कागजी रुपमा राज्यको अनुदान पचाउने परिपाटी रोकिनेछ । हरेक वर्ष कृषिमा राज्यको लगानी बढाउने तर पुरानै ढंगले बजेट बिनियोजनले बालुवामा पानी हालेसरह हुने निस्चित छ । तरिका बदल्न राज्यलाई झक्झक्याऔ ।

ताजा अपडेट

खोजी गर्नुहोस