आदर्श! ट्वाँ पर्छु यो सुन्दा । ङिच्च हाँस्छु र अनि फेरि मगज गाजा खाएर तकियामा लपेटिएको र म आफू काबु नभए जस्तो लाग्छ । अनि फेरि चिन्तित र गाम्भीर्य हुन्छु । र देख्छु भनौदे नेताहरुले सालिन आत्मालाई पट्टाइरहेको त कतै हप्कावट र दप्कावट । विचरा ! ती जीवन निर्वाहको निमित्त धुलिधुर्सत्तामा झोकाइरहेका दुखी आत्मा। लाग्छ । ती भनौदे नेताहरुको मुहारबाट दरिद्रताको महात्म्य शिवाय केही देखिँदैन । यिनी समाजका स्त्री लम्पट हुन् जुन कलियुगका महात्माहरु हुन् बैद्दे रसायनका फर्मुला लगाएर दुखिआत्मा जनतालाई रुखो मैदानमा जोत्ने काम गर्छन। जब म विचारका आदतहरुका बुद्धि उपर खलबलाउँथे लाग्थ्यो कि नेपाली भनौदे नेताहरु विदेशी र्याइँर्याइँको पराकाष्ठा हो जसले मेरो मगजलाई एउटा जन्जिरको खोस्टामा सारङ्गिले रेटेको जस्तो लाग्छ।
राज्यका नेताहरु डोरी लगाएर लतारेको बयल जस्ता छन जुन कुखुराको शिर जस्तै झुत्तछन। हाम्रो मगज यति यान्त्रिक भयो कि आफ्नै दुनियाँको आत्मा बेचिरहेका छन् । हाम्रो देशको राजनिती र राजनैतिक अन्कुरनमा वैदेशिक बलवाको यान्तृकरण रहेको छ जस्ले उनिहरुको जन्जिरमा नुन- रोटिको स्वभाव छ। नेताको घोप्टे मगजमा रोटीमा नौनी लगाएर प्यास मेटाएको मान्दछ्न। सानो देखि सुन्दै आएको थिए नेपाल सतिले सरापेको राज्य हो भन्ने रवाफलाई रहेको छ। यो राज्यका नेता कालो मरिचको दाना जस्ता हुन आफ्नो मान्छेलाई पिरो व्यवहारले तर्साउने र विदेशी लुटपेट र आफ्नो ढाट प्रती मरिच जस्तै गरि खुम्चिने। यिनलाई लाग्छ जब यी विदेशी शक्ति प्रती लालाहित भएर खुम्चन्छ लाग्छ कि यिनलाई चिची पापा आउदै छ । यी देशका रोग हुन। यि हामीलाई लाग्ने बिद्द्वान पन्डितहरु हाम्रा भाइरस हुन।
थुक्क भन्न मन लाग्छ देशको भनौदे गिद्दहरुलाई देख्दा देख्दा यि मनुष्यरुपि अत्त्याचारी हुन। यिनिहरु पुराणलाई एउटा खोस्टो, मानिसलाई जीवन जिउने बाट तर्साउने बाद्दे पार्ने, हाम्रा गौरबवान पुर्खाहरु बस कल्पना र मूर्ख धर्म र वेद थोत्रा कथा जस्ता कुरा मा परिवर्तन गर्दछन। नेपाली पलटिक्समा अप्रकृतिक नक्कलीपना भेटिन्छ ।
परापुर्व कालमा हाम्रा पुर्खाले कोरेको विशाल राज्य हो नेपाल जहा हिमालका महासागर बग्दछ। सानो तर विशाल सौर्न्दर्य सन्सारमा लुकेको ध्यान र ज्ञानको गङ्गा हो। मधुर हावा, शीतल झर्ना, कल्पना रुपि, जादुगरी ॐ कारको गुन्जन हो । प्राचीन पुजारिको एउटा बुन्द हो। प्रकृतिक हृदय निनादिनीको गहिराई हो नेपाल। जहाँ विस्वलाई फेला पार्न सकिन्छ । जसरी निर्मल शिशु सबैको आँखा हुन्छ त्यसरी नै नेपाल आखाको आखाको केन्द्र हो । जहाँ प्रमानन्द मौलाएको छ। जस्ले मलाई मोती दाना जस्तो खदिलो सुनौलो बनाउन तरंगका झल्का झल्की रहेका छन । र अवसोस सरल र सभ्यमानी देशमा माकुराको जालोले अधेरी बनाएका मगजहरुले बयल गाडीको रुपमा नेपाल र नेपालीहरुलाई लतारिरहेका छन। मोती दानालाई एउटा नवयुगको नछेत्र कोर्ने ललाइ फकाइमा मानव रुपि मानवको दाह सन्सकार भैरहेको छ र माछेले मान्छेलाई हृन्सक दैत्तेको रुपमा हेरिरहेको छ।
नेपाल एक स्वर्गको टुक्रा हो । जहाँ सुनौला मुस्कुराहट उम्लिएर चुलीएका छन। नेपाल एक हिमालै हिमालको शिखरहरुले भरिएको सेतो चादिको हो जुन झलमलाइ रहेको छ। यहा चित्रात्मक दृस्टिको माधुर्याले मोहनी लाग्दा प्रतिबिम्बले टनाटन भरिएको परिपुर्ण सन्सार हो । यहाका नछेत्रहरु अनन्ततामा चमत्कारी रुपमा फैलिएका छन । प्रकृतिको गोधुलिमा सुत्न मन लाग्छ। यहा केवल सजिव दुनियाको औन्यासिक्ता पाउन सकिन्छ। नेपाल एक आफैमा शस्यशालिनी छिन जस्मा ज्योतिपुन्ज आत्म प्रकाशन भैरहेको छ। तर विडम्बड ३०० करोडका आखा अमरत्तो पर्खाइमा टुल्टुल्याएको छ। प्रत्येक दिन नेपाली मुटु ध्वसोमा भग्नावशेष भैरहेको छ।