वैदेशिक रोजगारमा कुन पल्ला भारी ?

Post Thumbnail

भावना झा, काठमाडौँ

मानिस बाँच्न कै लागि गाँस,वास र कपास नभइ नहुने आवश्यताहरु हुन् । तर, नेपाल जस्तो अल्पविकसित देशमा यो आवश्यकता पूर्ति सबैकालागि सहज छैन । सरकारले सबै वर्ग एवंम समुहका मानिसहरुको क्षमता र आवश्यकता अनुसारको रोजगारी सुविधा दिन नसक्दा हात मुख जोड्ने कडा संर्घषमा अधिंकाश नेपाली कहिले विदेश त कहिले देशभित्रै अर्ध—रोजगारका रुपमा रुमलिरहेका छन् । सरकारले औद्योगिक क्षेत्र लगाएत अन्य सम्भावनाका क्षेत्रतर्फ व्यवसायीक रुपमा खास प्रगति गर्न नसक्दा नेपाली गरिबीको सिकार भैरहेका छन् । अझै भन्ने हो भने सरकारले समृद्धिकालागि राम्रो सम्भावना बोकेको क्षेत्र कृषिलाई समेत व्यवसायीक तवरले अघि बढाउन सकेको छैन । व्यवसायीक अभ्यास कै कमीका कारण क्षमतावान एवम् उर्जाशिल युवाहरुको गन्तव्य केन्द्र वैदेशिक रोजगार भैरहेको छ । यसरी वैदेशिक रोजगारी कै भरमा अधिंकाश नेपालीको चुलो बलेको छ । वैदेशिक राजगारीबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्रलाई बलियो काँध हालेको छ । यसरी हेर्दा वैदेशिक रोजगारीले राम्रै फाइदा गरेको पाईन्छ । तर, यसका साकारात्मक र नाकारात्मक दुवै परिणामहरुलाई अहिले विश्व नै कोभिड—१९ को शिकार भइरहेको अवस्थामा नियाल्न जरुरी छ ।

वैदेशिक रोजगारीले देशको अर्थतन्त्रलाई मजबुत बनाउँदै देशको गरिबी कम गर्नमा सञ्जीवनीको काम गरेको छ । रेमिट्यान्स देशको ढुकुटीको स्थायी स्रोत भएको छ । जसका कारण नेपाली माथि हरेक वर्ष थुप्रिने वैदेशिक ऋणको मात्रामा कमी आएको छ । यसले दातृनिकायका अगाडी केही हदसम्म स्वाभिमान हुने वातावरण सृजना गरेको छ ।

पछिल्लो एउटा सर्वेक्षणका अनुसार देशमा ११.४ प्रतिशत जनता वेरोजगार रहेका छन् तर वैदेशिक रोजगारीले यो प्रतिशतलाई कम गर्ने विश्वास गरिएको छ । बुदाँगत रुपमा भन्दा यसका साकारात्मक पक्षहरुलाई यसरी पनि औल्याउन सकिन्छ ।
— देशको ढुकुटी धान्ने एक मजबुत कडीको रुपमा वैदेशिक रोजगार
— गरिबी निवारणमा अहम भुमिका निर्वाहको रुपमा वैदेशिक रोजगार

— बेरोगारी समस्या समाधानको विकल्पको रुपमा वैदेशिक रोजगार

— श्रम बजारमा नेपाली श्रमको उचित मुल्य प्राप्तिको रुपमा वैदेशिक रोजगार

— आम नागरिको जिवनस्तरमा सुधारका रुपमा वैदेशिक रोजगार

— शिक्षा क्षेत्रमा मध्यम एवम् गरिब वर्गको पहुँचका रुपमा वैदेशिक रोजगार
— कृषिमा आधुनिकता भित्रिने अवसर प्रदानका रुपमा वैदेशिक रोजगार
— धनी र गरिबविचको खाडल पुर्ने अवसरको रुपमा वैदेशिक रोजगार आदि

यी लगाएत जिवनस्तरको समविकासकालागि वैदेशिक रोजगारीको भुमिका अहम छ । तर, यति हुँदा हुँदैपनि यसका नकारात्मक पक्षले समाजमा प्रत्यक्ष रुपमा खराब असर गरिरहेको छ । अहिले कोभिड १९ ले विश्व माहामारीको रुप लिएका बेला बन्दाबन्दी विभिन्न देशमा जारी छ । यसै कारण विदेशमा रहेका अधिंकाश नेपालीको रोजगारी गुम्यो र उनीहरु नेपाल फर्किएर वेरोजगार रहेका छन् । यस्तो अवस्थामा रेमिट्यान्स भित्रिन नसक्दा देशले आर्थिक संकट भोग्न थालेको छ ।

धेरै युवा युवति सिप नसिकेरै विदेशिने हुदाँ कामको शिलशिलमा अनेकौ दुर्घटना भई कतिको ज्यान गैरेको छ भने कतिका अंगभंग भएका छन् । अर्को तर्फ रोजगारमा गएका महिला कामदार माथि हुने शोषण, दुव्र्यवहारले महिलाहरु अनिइच्छित गर्भ लिएर स्वदेश फर्किन बाध्य छन् ।
पारिवारिक गरिवी कम भए पनि पारिवारिक विखण्डन तथा वैवाहिक जिवनमा भने यसले निकै नै पिडादायक प्रभाव पारेको छ । त्यस्तै रेमिट्यान्सको सदुपयोग भन्दा दुरुपयोग भएको प्रशस्त उदाहरण छन् । मानिसले रेमिट्यान्सलाई उपलब्धि मुलक भन्दा विलाशिताका क्षेत्रमा प्रयोग गरिएको विभिन्न अध्ययनहरुले बताएका छन् ।

बुदाँगतरुपमा औल्याउँदा वैदेशिक रोजगारका नाकारात्मक प्रभावलाई यसरी हेर्न सकिन्छ ।
— रेमिट्यान्सको रकम अनुपातमा विकासका कामहरुको उपलब्धि न्युन हुनु
— पारिवारिक विखण्डन
— पाश्चात्य सभ्यताको चर्को नकारात्मक प्रभाव
— विलाशिता बढ्दै जानु
— आधुनिकताको नाममा सामाजिक अपराध बढ्दै जानु
— पुरुष नहुँदा महिला माथि शोषणका घटना बढ्नु
— जनशक्ति अभावका कारण कृषि भूमि बाँझै रहनु
— एच आईभी÷एडस जस्ता रोगहरु भित्रनु

यसरी हेर्दा दुर्गामी रुपमा वैदेशिक रोजगारले देशमा साकारात्मक भन्दा नाकारात्मक प्रभाव बढी पारेको छ । त्यसकारण वैदेशिक रोजगारको विकल्प तर्फ सरोकारवालको ध्यानकर्षण हुन नितान्त आवश्यक देखिन्छ । माथि उल्लेखित नाकारात्मक परिणामहरुलाई कम गर्न हाम्रो परम्परागत कृषिलाई आधुनिकता तिर डो¥याउने पहल गर्न जरुरी देखिन्छ, भने अर्को तर्फ युवा शक्तिलाई कृषिमा आकर्षण गराउन सकिने योजनामा सरकारको ध्यान जानु आजको आवश्यकता हो ।

ताजा अपडेट

खोजी गर्नुहोस