मान्छेको फिक्का मूल्य

Post Thumbnail

फ्रोजन आइस                                  

जुन पहिलेको मान्छेले आफू खिएर आफ्नो शरीर अर्जुनयुग युगान्तर सम्मका लागि रङ्गीन बनाएका थिए । अहिले त्यसका सबै अपभ्रंश भएको छ । यस युगमा मान्छेको नाममा डाक्टर, विश्लेषक, नातागोता गल्लिमा बिक्रीमा पाइन्छ । यिनले आफूलाई गन्धहिन स्वभावलाई हटाउन खुश्बु उडाइरहेका छन् । गल्ली-गल्लीमा हिराको औंठी, च्याट्ट मिलेको सुट र काला टिलिक्क टल्केका जुत्ता टकटक गर्दै हिंड्छन् तर ती मानिसका फिक्कापनमा प्रभुत्व रुच्दैन। होला तेरा देखावटी भेषमा हजुरको शब्दको वर्णन तर ती हजुरमा विचरो भनेर माला लगाइन्छ। होला तेरा गलाका हल्का रंगीन र राता लालित्य ओठले एउटा उच्च वर्गको त आभाष गराउँछ नै पक्कै तर ति उन्मुक्त भएको आकर्षणले केवल अप्राकृतिक रुप मात्र धारण गरेको देखिन्छ। लाग्ला कि उसलाई मैले समाजमा एउटा स्तर बनाएको छु जब उसमा शिष्टचार र शोभा जस्ता आकृति सिद्धान्तमा मात्र सिमित रहन्छ वा हुन्छन त्यस्ता स्तर खोस्टे सर्टिफिकेट सफेद रुपमा छायामा पर्छ।

तेरा ति लुगाको पहिरन जब छोटीदै जान्छ, लालिको गाढापन जब चढ्दै जान्छ होला । बाटोमा हिड्ने मान्छेको नजरमा आक्रमण त गर्छ नै तर त्यो आँखाको लच्काइ मात्र हो। यी यावत कुराले दुनियालाई लोभले बाँध्ने वा आकृति बसाल्ने मात्र हुन्छ। फेरी अलि पर गएर हेर्दा त्यस्तै मान्छेका झुण्ड देखिन्छ जहाँ दाँत खित्त हासेर वरिष्ठ बनिरहेका हुन्छ्न। अप्राकृतिक गफले मान्छेलाई खिचिरहेका छन । यिनीहरु अरुको झुण्डको आँखा दृष्टिगोचर गरेर मनोवैज्ञानिक तवरमा प्रभुत्व जमाउन खोजिरहेको हुन्छन् । आफ्नो चर्मचक्षुको मूर्ति देखाइरहेको हुन्छ। सोच्दछ कि यो अध्यात्मवाद भौतिकवाद र अन्य वादहरूका पण्डित हो र अरुलाई एउटा बकम्फुस देख्दछ र आफूले दुँनियामा प्रभुत्व जमाउन खोज्दछ। यी मान्छेले अरुको दिमागलाई तिरिमिरी पारेर बोक्रे आसन जन्माउछन। यिनले चित्त शुद्दीकरणको नाममा शरिर शुद्दीकरण गरिरहेको हुन्छन् । तर यो केवल एउटा फुस्रे प्रदर्शनीको रुपमा देखिन्छ । जसले वस्त्र त ओढाए जस्तै गर्छ तर यसमा बिच–बिचमा प्वाल हुन्छ । यो त केवल एउटा विचित्रिय हो। तर त्यहाँ एउटा नाङ्गोपन झल्किन्छ। यस्ता बोक्रे सैदान्तिक मान्छेहरु दुनियालाई मधुमासको प्रादुर्भाव गरेझैं त गर्दछन् तर जीवनका कोमल आत्मालाई बिभत्स रुपमा नांगो पारेर चिथोरिरहेको हुन्छन् । नौटङ्की बाँधले नाटक घरको नाटकमा जस्तै जीवन जगतलाई श्रीपेच ओढाउने ढोङ्ग गरिरहेका हुन। यो मधुर जीवन जगतमा ढोङ्ग्रे मान्छेले प्रागकेन्द्रको तमासा जस्तो बनाएको छ। उनका ति लालिले बाहिरी जीवन जगतको प्रफुल्लित हृदयस्पर्शी कोमलताको भित्री अनन्त मगजको शासनलाई नै छचल्किने गराउँछ। यो लालित्यले रंगीचंगी आकाशमा कालो बादलले जरा गाडीरहेको हुन्छ ।

तिनै विविध विलासामा उत्श्रृङखल देखिने शरीर भित्र लुकेका वसन्तका झिल्काहरुले कलिलो मुटुलाई चुडाउन खोज्दछ। तिनी वसन्तका झिल्काहरुलाई हेर्न कोमल मनका मानिसहरु घिस्रेर अघि सरेका हुन्छन। फ्याट-फ्याट गर्दै सलह किरा मडारिए झै मान्छेले त्यही छचल्किएको तिलसी नाटकलाई हेर्न खोज्दैछ। जसरी एक बालक दुध चुसीरहदा मधुर प्रवाहमा श्वास फेरिरहेको हुन्छ त्यसरी नै फुस्रा अप्राकृतिक वायुमण्डलका सजीव प्राणीका निर्जिव चालले रंगिनताको भावलाई मौलाइरहेको हुन्छ । जुन गहिराइका जादुले काढाँवाल यात्राको गोरेटो बनाइरहेको छ। अहिले फुस्रा मानिसहरु त्यही देखावटी सुन्दरता विभिन्न रंगको लालित्य र अगं सौन्दर्य रस चुसिरहेका छन। अनि कोमल मन तरङ्गित हुन्छ र लाग्छ आहा ! सुन्दर आकांक्षाले प्रमानन्दको खुश्बु लिइरहेको छ। लाग्छ कि भ्रामित ढोङ्ग्रे मान्छेलाई त्यही फुस्रे देखावटी प्रमानन्दमा विचित्र अनन्त छ तर त्यही दिव्य संगीतमा एक लुकेको भ्रष्ट धन्दा छ। जहाँ मानिस एक अवकाश जीवन बिताउन बाध्य हुन्छ । हे घृणित मनुष्य ! तँ किन स्त्री जाति र मोहिनी समाजको इन्द्रजालमा रस खोजिरहेको छस् । तँ आफ्नै अंकुरले मानव सभ्यताको सौन्दर्य बाटिकामा क्षितिजको बीउ रोप्ने काम गर। तेरो अस्तित्व टुक्रिएको बादललाई तानेर परम सुन्दरको रचना गर्नु पर्दछ। यस पृथ्वीमा प्रत्येक जीवित सुन्दर मानिस असुन्दर जीवन शक्तिमा मोहित छन।

जब मान्छेरुपि मान्छे यो दुनियाँमा आए तब यो संसारको खोपिल्टोमा भएको जाली आँखाले मान्छे घुरिरहेको थियो। कोहि मान्छेलाई चिनेझै गर्दै त कोहि नचिने झै। लाग्दै थियो कि मान्छे यो सृष्टिमा प्रकाश छर्दै खुम्चिदै थिए। कहिलेकाँही यो मानिसलाई क्रुर समाजले भ्रमित जालको म्याउले तर्साउछ। यो मानवसरि सागरले निस्सासिने पार्थ्यो। यो कोमल मनका मानिसहरुलाई मान्छेहरुले पर्दा ओडेर घुरिरकेका छन। कसैले अनुहार, कसैले मुटु त कसैले शरीर हेरेर कलिलो मुटुका शरीर माथिको अस्तित्व उपर सुत्र लगाए। त्यस कोमल मनका मानिसहरुका अंगबाट फर्मुला बनाउन बाघचाल रचे । लाग्छ कि जुन अहिले नेपाली मान्छेहरुको मृत्युले खप्पर रुपि नेताहरुको मानो पाक्दछ। त्यो मानिसहरुलाई लाग्छ कि ति सहानुभुतिको समिश्रणका सुक्ष्म रासायनिक फर्मुला चलाउने लटमुखाहरु हुन्। लाग्छ कि उ अचेत र सचेतको दोसाँधमा मुर्दापन र किर्लिङ्गपनाको खदिलो छाँया देख्दछ। लाग्छ कि दुनियाँले मानिसहरु हेर्ने ढकनी उपरको बोक्रे आँखेपन हो। सबै ह्य दृष्टिकोणले सम्पुर्ण मानिसहरु लटमुखाहरु हुन् । अहिलेको मानिसको ज्योतिकेन्द्रमा शुन्यको राज्यले दोसाँधमा टेकेको छ। यो हेर्दा जुरुङ्ग भएको गणितात्मक चेत हुन्छ । जहाँ यो मानव जिवनले रंगमंचमा मगजरन्जन गन्थनमन्थन प्रवाह भैरहेको छ। लाग्छ कि कङ्कालहरुले मुर्दाघरमा ङिच्च परेर श्रीपेच ओडाउदै छ। तर प्रिलिक्क हुँदै मनमा दुनियाँको उधोगकलाको कुइरोमा जोडाइ–घटाइका रागहरुमा एक भोको बालक दूधबिहिन झै हुन्थे । लाग्छ कि अर्थशास्त्रीहरुले र्याङ्किङ्ग गर्दै छन । कोमल मनका मानिसहरुबाट फ्रडहरुले साङ्ग्रा फाइदामा लुट्दै छन। भान हुन्छ कि कृतिम स्नेहको अङ्गुलिले टट्टाइरहेको छ। लाग्छ यी पुजारीहरुले मानिसहरु चितामा जलाएर त्यसको खरानीमा कचौराको पानी छम्कन विचित्रको आध्यामको बाजा बजाइरहेका छन। संसार एक सुक्ष्म रंगमञ्चमा ठेकी र मदानी लिएर प्रशिक्षण गर्दैछ । विचित्रका खप्परहरु लम्पसार परेर स्वर्गको खोजिमा तेर्सिएका छन् । लाग्छ कि नपुंसक ठेकेदारहरुले संसारलाई नै बिग्रेको बाजाको तालमा नचाइरहेका छन् । लाग्छ कि ठेकेदारहरुले मानव आत्मलाई विचित्र अन्धविश्वासको नक्षेत्रमा सुशोभित पार्दै छन् । मानव मुटुलाई झलमलाहटमा गर्भपतनको शल्यक्रिया गर्दै छन् । ठेकेदारहरुको धाइआमा रुपि गुजुल्टोमा मित्थ्याका छकावटले भुलभुलैयामा अणु–अणुको सम्भोगमा पुर्णत करोडरुपि लहरा तेर्साएका छन् ।

विचरा ती कालो चश्मा लगाएका कङ्कालहरुलाई के थाहा ? कोमल मनका मानिसहरु भित्रको आत्म प्रकाशनले लक्यान, सिग्मन्ड फ्रएड, एरिक एरिजन पनि साइको एनालाइसिसको थ्ययोरी लाई पुनः पल्टाइ रहेकाछन् । कोमल मनका आध्यात्मलाई बुज्न !
हर व्यक्ति विविध धन्दाको लालित्य हुन चाहेका छन। प्रत्येक मान्छेले आफ्नो मौलाएको जरामा किराले खान दिइरहेका छन्। तँ भ्रमित भइरहेको छस् हे मान्छे। जुन रूप, रस र रंगमा सार खोज्दै छस् त्यहाँ त ओइलाएर झर्दै छस्। मान्छे केवल रसले भरिएको थोपा खोज्दैछ जुन किरणको एक पहुँचले बिलिन भएर जान्छ। हे मानिस यो भ्रमित जीवन उपरको दलदलमा नपस् त्यसैमा विलिन हुन्छस् बरु तुक्ष मान्छे सिक, त्यही मान्छे रुपि बुद्धबाट कसरी दरबारिया भएर प्राकृतिक यो विशाल लावण्यमा रजनीको परम सुन्दर लहराहरु रंगाएर जानुभयो। जीवन एक पवित्र शितको थोपा हो । जो सूर्यको सानो किरणसँगै विलिन हुन सक्छ । त्यसैले यसको रहस्यमै रंगीन थोपालाई छचल्किन दे बरु यसको कोमलतालाई मौलाउन दे ।

ताजा अपडेट

खोजी गर्नुहोस