शाओमी १४ टि नेपालमा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • १४१ पटक पढिएको
शाओमी १४ टि नेपालमा सार्वजनिक

फागुन ६, काठमाण्डौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्छ भने मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्सड् एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिन्छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने, “शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो । लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

लाइकाको सहकार्यमा निर्मित याडभान्सड् क्यामेरा
शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टि मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्छ । शाओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउँछ ।
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा संचालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ, र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्दछ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्छ ।
अल्ट्रा–स्मूथ, अल्ट्रा–स्मार्ट डिस्प्ले
शाओमी १४ टि मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ जसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मूथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ । ४००० निट्सको पीक ब्राइटनेस, एचडिआर १०+ सपोर्ट र १.५ के रिजोलुसन रहेको यो स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।
उत्कृष्ट एआई र स्मार्ट फिचरहरू
शाओमी १४ टि मा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् जसले प्रयोगकर्ताहरूलाई सहजताको अनुभव प्रदान गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस