नेपालमा सामाजिक सञ्जाल बन्द गरे आइटी क्षेत्र ध्वस्त हुन्छ, विकल्प दिन विज्ञको सुझाव

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १३, शनिबार (८ घण्टा अघि)
  • ८० पटक पढिएको
नेपालमा सामाजिक सञ्जाल बन्द गरे आइटी क्षेत्र ध्वस्त हुन्छ, विकल्प दिन विज्ञको सुझाव

काठमाडौं । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध गरिदिने घोषणा गरेको आज दुई दिन पुरा भएको छ । ७ दिने अल्मिेटम राखेर मन्त्री गुरुङले नेपालमा दर्ता हुन नआए फेसबुक बन्द गरिदिने बताईसकेका छन् ।

नेपालले मागेकोे जवाफ नर्फाकाएपछि सरकार मेटासंग थप रुष्ट बनेको छ । सञ्चार मन्त्रालयका प्रबक्ता गजेन्द्र कुमार ठाकुरले सरकार अब ठोस कदम लिने गरी अगाडि बदेको बताए । उनले पटकपटक सुचित गर्दा पनि मेटाले जवाफ नदिएपछि सातै दिन त भन्न सकिन्न तर केहि न केहि सरकारले गर्ने बताए ।

यता बिज्ञहरुले भने फेसबुक बन्द गर्ने गरी सरकार लागेमा देशको अर्थतन्त्रमा नै ठूलो असर पुर्याउने चेतावनी दिएका छन् । सरकारले हठात र आवेशमा निर्णय लिदाँ नेपालको आईटी क्षेत्र नै ध्वस्त हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष चिरञ्जिबी अधिकारी बताए । उपाध्यक्ष अधिकारीले बन्द नै गर्ने हो भने बिकल्प दिनुपर्ने बताए ।

मनत्रालयका अनुसार नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये फेसबुक र ह्वाट्स्यापजस्ता मेटाका प्ल्याट्फर्महरूका प्रयोगकर्ता उल्लेख्य सङ्ख्यामा छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताको ८० प्रतिशत हिस्सा मेटाले ओगटेको छ । फेसबुकका नेपालमा झण्डै १ करोड ३० लाख प्रयोग कर्ताहरु रहेका छन् ।

मेटाले नेपालबाट बार्षिक रुपमा ६० अर्ब रुपैयाँ भन्दाबढी आम्दानी गर्ने गरेको छ । यहि अबस्थामा मेटालाई सरकारले प्रतिबन्ध लगाएमा नेपालका ठूला मिडियाहरु प्रभाबित हुने देखिन्छ ।

नेपालका रेडियो, टेलिभिजन ,अनलाईन देखि मोफसलका साना मिडियाहरु पूर्ण रुपमा प्रभाति हुने देखिन्छ । त्यति मात्रै हैन समाजिक सञ्जाल मार्फत नै साना लगानीमा ब्यापार ब्यवसाय गरिरहेकाहरुको रोजी रोटी नै खोसिन सक्ने जोखिम बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस