पार्टी एकता पछि बनेका कार्यदलमा के हुदैछ ? यस्तो भन्छन, नेता बेदुराम भुषाल (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ जेष्ठ १४, सोमबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

बेदुराम भुषाल, (नेकपा स्थायी समिति सदस्य) 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भावी केन्द्रीय तथा विभागीय संरचना कसरी बन्दैछन् । संगठनात्मक ढाँचा कसरी अघि बढिरहेको छ । नियमावलीको प्रारम्भिक मस्यौदा तयार पार्न बनेको समितिले के काम गरिरहेको छ । संगै सरकारको काम कारबाही, पछिल्लो समय ल्याइएको निति तथा कार्यक्रम, जनताको अपेक्षाका सन्दर्भमा नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुषालसँग अनलाईन केन्द्रले गरेको कुराकानी–

नेकपाको सांगठनिक संरचना कसरी बनाउँदै हुनुहुन्छ ?

– सांगठनिक संरचना विधानमा बनिसकेको छ । अहिले हामी विधानमा भएको व्यवस्थाका कतिपय सन्दर्भलाई व्याख्या गर्नुपर्ने हुन्छ, त्यसका निम्ति थप एउटा दस्तावेजको आवश्यकता हुन्छ, त्यसलाई नियमावली भनिन्छ, त्यो नियमावली तयार गरिरहेका छौं । संगठनात्मक संरचनाको हिसाबले विधानमा भएको व्यवस्थाअनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्र, गाउँ वडा र प्राम्भिक तहमा हाम्रा कमिटीहरु बन्छन् । यी कुराको व्यवस्था विधानमा नै गरिसकेको छ । विधानमा गरिएको व्यवस्थालाई कतिपय सन्दर्भमा थप व्याख्य गर्ने कुरा हामी नियमावलीमा गर्दैछौं ।

नियमावली मै प्रष्ट पार्नुहुन्छ ?

– विधानले तोकिएबमोजिम गरिनेछ भनेको हुन्छ । खासगरी विभागको सन्दर्भमा तोकिएबमोजिम हुनेछ भनिएको छ । पार्टी सदस्यको नवीकरण कसरी गर्ने, त्यसलाई प्रधान गर्ने प्रकृया कस्तो हुन्छ जस्ता विषयमा तोकेबमोजिम गर्ने उल्लेख हुन्छ । त्यस्तो अवस्थामा नियमावलीले प्रष्ट पार्ने हो ।

भातृ संगठनलाई पनि एक ठाँउमा ल्याउन के गर्दै हुनुहुन्छ ?

अहिले तिन प्रकृतीका कार्यदल बनेको छ तपाईलाई थाहै छ । एउटा नियमावली बनाउन भैहाल्यो जसमा म नी छु । अर्को मातहतको संगठनात्मक एकतालाई कसरी अघि बढाउने भन्ने कुरालाई मिलाउन । सातवटै प्रदेशमा ईन्चार्ज,सहईन्चार्ज रहेका छन । नेकपा माओवादी केन्द्रबाट चाँही संयोजक र सहसंयोजक मिलाएर चारजना रहने भनिएको छ । जहाँ सातवटा कार्यदल बनाइएको छ । उनिहरुले १५ दिन भित्र आफ्नो प्रतिवेदन बनाउन पर्नेछ । अर्को पार्टीका भातृसंगठनलाई कसरी मिलाउने भनेर पनि कार्यदल बनाइएको छ । उनिहरुको पनि सुझावलाई समेटेर एक रुपता दिएर काम अघि बढाउने भनिएको छ ।

अडियोसहित सुन्न यहाँ क्लिक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस