‘प्रधानमन्त्रीको चीन भ्रमण–सम्झौता भन्दा कार्यान्वयनमा जोड हुनुपर्छ’ : महेन्द्र पाण्डे (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ अषाढ २, शनिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ गते चीन भ्रमणमा निस्कदै हुनुहुन्छ । यस अवसरमा नेपालले विभिन्न एजेण्डा सहित चीनसंग सुमधुर सम्बन्धलाई पनि जोड दिईरहेको छ । विश्वमा आर्थिक विकासको क्षेत्रमा अग्रगतीमा लम्किरहेको मुलुकमा नेपालका प्रधानमन्त्री ओली र चीनीया नेतृत्वसंग कसरी प्रस्तुत हुने सन्दर्भमा पुर्व परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता महेन्द्र पाण्डेसंग अनलाईन केन्द्रले कुराकानी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुख्य के संग सम्बन्धित रहनेछ ?

नेपाल र चीन दुई वटा छिमेकी मुलुक र असल मित्रहरु पनि हुन । त्यसो हुनाले नेपालको परराष्ट्र नितीमा हामी छिमेकीलाई प्राथामिकतामा राखेका छौँ । हामी सबै मुलुकलाई समानताको आधारमा व्यवहार गछौँ । त्यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले भारतको भ्रमण पनि गरेर आईसक्नु भएको छ । यो सम्बन्धलाई अझै मजबुत बनाउनु भएको छ । यही सन्दर्भमा फेरी अहिले चीनको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । चीनसंग रहेको सम्बन्धलाई अझै सुदृढ बनाउने र हाम्रा आर्थीक ,समुन्नती र सम्बृद्धीको लागी चीनियाहरु सहयोग गर्न उत्साही छन । सरकार पनि उत्साही छ । यसलाई हामी कसरी सदुपयोग गर्न सक्छौ त्यसका एजेण्डाहरु तय गर्ने,त्यसलाई कार्यान्वयन गर्ने ढंगबाट समझदारी बनाउने र सम्झैता गर्ने सिलसिलामा उहाँ त्यहाँ जाँदै हुनुहन्छ ।

यो भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउछ भन्नु उपयुक्त हुन्छ की विशेष किसिमको सम्बन्ध स्थापित गराउछ भन्नु उपयुक्त हुन्छ ?

यसो हुन्छ, यो विशेष भन्ने शब्द राखिसकेपछि अनेक अर्थ लाग्ने हुन्छ । हाम्रा छिमेकहरुसंग कसैसंग पनि विशेषखालको सम्बन्ध भन्दापनि सौहार्द र समानताको आधारमा सम्बन्ध रहने गर्छ । सम्बन्धलाई अझ ताजा गर्ने र दुवै मुलुकबीच अझ विश्वासको वातावरण सिर्जना गर्ने भ्रमणको मुख्य उदेश्य हुन्छ ।

चीनले बदलिदो परिवेशमा नेपाललाई कसरी बुझेको देखिन्छ ?

अहिले चीन संसारमा दोस्रो आर्थिक सुदृढ भएकबो मुलुकको रुपमा रहेको छ । अव केही समयमा नै पहिलो अर्थतन्त्रमा जाने तयारीमा रहेको मुलुक । २१ औ शताब्दी यसियाको शताब्दी पनि भन्छन । हालसालै भएका कतिपय घटनाले त्यस कुराको पुष्टि पनि गरेको छ । हाम्रो लागी चीन एक असल राष्ट्र हो, उसले विश्वमा अग्रगतीमा प्रगती गरिरहेको छ । यसबाट हामीले उल्लेखनिय लाभ लिन सकिन्छ । अव चीनको आर्थिक विकासलाई नियाल्ने र चीन पनि नेपाललाई सहयोग गर्न अग्रसर नै रहेको मैले बुझ्छु

अडियोसहित पुरा अन्तवार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्

ताजा अपडेट

खोजी गर्नुहोस