अधिवक्ता चन्दको प्रश्न- निर्मला बलात्कार भएको घरबाट प्रहरीले किन गरेन् छानबिन ? (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

कञ्चनपुरमा निर्मला पन्त हत्या प्रकरणमा प्रशासनले दोषी पक्राउ गर्न सकेको छैन । वास्तविक दोषीलाई उन्मुक्ति दिएर नक्कली दोषी उभ्याइएको आरोप स्थानीय नागरिक समाज, राजनीतिक दल र गैरसरकारी संघसंस्थाले लगाइरहेका छन् । वास्तविक दोषीलाई कानुनी कठघरामा उभ्याउनु पयो भन्ने मागसहित कन्चनपुरमा आन्दोलन चर्केको छ । राज्यले पनि यो मुद्दालाई गम्भीरताका साथ लिइरहेको बताएको छ । तर, बिहीबार घटनाले उग्ररुप लियो । यसै प्रसंगमा राज ढुंगानाले कञ्चनपुरलाई आधारभूमि बनाएर न्यायिक क्षेत्रमा सक्रिय अधिकारकर्मी तथा अधिवक्ता पुनम चन्दसँग कुराकानी गरेका छन

निर्मला पन्त हत्याकाण्डमा पीडित र स्थानीय समुदायको आवाज के हो ?

– सुरुका दिनदेखि नै यो घटनालाई मैले नजिकबाट नियालेकी छु । साउन १० गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. २ बस्ने १३ वर्षीय निर्मला पन्त साथीको घरमा होमवर्क गर्न ११ बजे घरबाट निस्केपछि ऊ पुनः घर फर्किन । ऊ त्यहीबाट हराएको अवस्था हो । हराएपछि उनी आमाले साथीको घरमा गएर सोध्दा यहाँ आएको छैन भन्ने गैरजिम्मेवार तरिकाले प्रस्तुत भएपछि प्रहरीलाई समेत खबर गरियो । प्रहरीले यो घटनाबारे सुरुका दिनदेखि नै यसमा चासो देखाएन । प्रहरीले पनि भोलि खोजतलास गराउला भन्यो । त्यहाँ प्रहरीको भूमिका कमजोर देखियो । भोलिपल्ट ९ बजेतिर लास भेटियो । लास भेटिएपछि त्यो क्षेत्रमा प्रहरीले सिल गर्नुपथ्र्यो, त्यो पनि गरेन । त्यहाँ मान्छेहरु हुर्रर्र गइसकेपछि घटनास्थलमा प्रमाण लोप भयो । अर्थात् सुरुदेखि नै प्रहरीको कमजोरी देखियो ।

निर्मला हत्याकाण्डको भोलिपल्टदेखि नै त्यस क्षेत्रका स्थानीय समुदाय आन्दोलित भए । हत्यारा पत्ता लगाउनुपर्छ, पीडितले न्याय पाउनुपर्छ भन्ने उनीहरुको माग थियो । दोस्रो दिनदेखि नै आन्दोलन सुरु भएको थियो, आन्दोलन शान्तिपूर्ण थियो । २५ दिनसम्म दोषी पत्ता लाग्न सकेन । हत्यारा पत्ता लगाउन प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सिआईबीको टोली आयो । उक्त टोलीले घटनाको अनुसन्धान गर्यो । प्रहरीको अनुसन्धानप्रति स्थानीय समुदाय विश्वस्त हुन सकेनन् ।

जिल्ला प्रहरी प्रमुखले गरेको अनुसन्धानमा किन शंका ?

– सुरुका दिनदेखि प्रहरी सक्रियता देखाउनुपथ्र्यो, त्यो नदेखिएकै कारणले प्रहरीको काम कारबाहीप्रति जनताको विश्वास रहेन । किनभने जुन घरमा निर्मल पढ्नका लागि भनेर आएकी थिइन्, त्यो घरको प्रहरीले कुनै अनुसन्धान गरेको देखिँदैन । त्यो घरमा दुईजना दिदीबहिनी बस्नुहुन्थ्यो, उहाँहरुप्रति कुनै अनुसन्धान गरिन् । त्यसपछि स्थानीय समुदायले प्रहरीको कामप्रति शंका लाग्न थाले ।

२५ दिनसम्म पनि दोषी पत्ता लाग्दैन । बीचबीचमा हामीले पनि नागरिक समाजको तर्फबाट ज्ञापन, ध्यानाषर्णपत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाएका थियौं । २६ औं दिनमा प्रहरीले दोषी व्यक्ति यही हो भनेर एउटा मानसिक रोगी, जो आफ्नो भिनाजुलाई हत्या गरेर ९ वर्ष जेलमा बसिसकेको, गतवर्षको जेठमा असल आचरण भएकाले जेलबाट निस्केको व्यक्ति जो अहिले मानसिक रुपमा डिस्अर्ड देखिनुहुन्छ । त्यो व्यक्तिलाई नाटकीय ढंगले प्रहरीले दोषी करार गरेर अदालतसमक्ष म्याद थपका लागि उपस्थित गराइयो र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेपछि यहाँ आन्दोलन सुरु भयो ।

नक्कली दोषी भन्ने आधार के छ ?

– हामीले गहिराइमा नपुगी त्यो व्यक्तिलाई नक्कली दोषी बनाइएको भनेका होइनौं । शंकाको घेरामा रहेको ठाउँ, जहाँ अध्ययनका लागि निर्मला आएकी थिइन्, त्यो घरमा खान तलासी भएको छैन । त्यो घरबाट अनुसन्धान सुरु भएको छैन, त्यही बेलादेखि प्रहरी जनताको शंकाको घेराभित्र रह्यो । एउटा मानसिक रोगीलाई भाद्र ३ गते प्रहरी ल्याएँ भनेको छ, तर उसलाई भाद्र १ गते नै घरबाट ल्याइसकेको थियो । ४ दिनपछि उसलाई अदालतमा म्याद थपका लागि लगिएको छ ।

२५ दिनसम्म दोषी पक्राउ गर्न सकेका छैनौं भन्ने प्रहरीले २६ औं दिनका दिन एकाएक मानसिक रोगीलाई एकाएक सार्वजनिक गर्छ । ऊ नै हत्यारा भनेर प्रहरीले उपस्थित गरायो । मानसिक रोगीलाई प्रहरीले सार्वजनिक गरिसकेको थिएन, पक्राउ परेको सुन्नमा आएको थियो । हामीले नागरिक समाजको तर्फबाट सीआईबीको टोलीसँग पनि भेट ग¥यौं । सीआईबीको टोलीले पनि उसैले बलात्कारपछि हत्यारा गरेको हो भन्यो ।

पक्रेर ल्याउँदा पनि प्रहरीले नाटक नै देखायो । घरबाट पक्रेर ल्यायो, डे«स चेन्ज गर्नुपर्छ भनेर डे«स लिन केही भाइलाई पठाइयो । डिल्लीसिंह विष्ट भन्ने व्यक्तिको दाइ खड्क विष्टले हाफपेन्ट र एउटा सर्ट पठाइदिए । त्यो सर्टको खल्ती अलकति च्यातिएको थियो अरे । त्यही खल्ती च्यातेर सर्ट घटनास्थलमा राखियो । त्यसपछि जिप्रका पुगेपछि खल्ती च्यात्यो, बलात्कार गर्दा पक्का पनि यो सर्ट लगाएको हुनुपर्छ, ती बहिनीले प्रतिकार गर्दा खल्ती च्यातिएको हुनसक्छ भन्ने नाटकजस्तो प्रहरीले देखाए ।
मृतकको बुवालाई त्यत्तिबेलासम्म घटनास्थलमा लगेको अवस्था थिएन । हामीले प्रमाण फेला पार्नसक्छौं भनेर मृतकको बुवालाई २६ दिनपछि घटनास्थलमा सर्टको खल्ती पुग्नेवित्तिकै भेटिन्छ ।

मृतकको योनीमा अरु प्रमाण नदेखिएपछि दोषीले कण्डम प्रयोग गरेको भनिएको थियो । कण्डमको कभर पनि त्यहाँ भेटियो । यति धेरै पानी परेको छ, खोलाको छेउमा छ । पानी परिरहेको खोलाको छेउमा भएको घटनास्थलमा कण्डमको खोल भेटिनु, सर्टको खल्ती भेटिनुलाई प्रहरीले आधार मानेको छ । यी सबै प्रमाण प्रहरीले योजनाबद्ध ढंगले बनाएको हो भन्ने हाम्रो ठम्याइ हो ।

दोषी भनिएका विष्टले अदालत समक्ष मलाई ४ दिन पहिला ल्याएको हो, मलाई विभिन्न किसिमले यातना दिइयो, टाउको तल, खुट्टा माथि गरेर नाकमा पानी हाल्यो, अथवा कुटपिट ग¥यो, त्यही भएर मैले अपराध स्वीकार गरेको हुँ, मैले त्यो केटीलाई चिनेको छैन, मैले त्यस्तो कुनै क्रियाकलाप गरेको छैन । यद्यपि उसको बयान भइसकेको छैन, तर म्याद थपका लागि अदालत जाँदा न्यायाधीशले सोध्दा विष्टले त्यस्तो जवाफ दिएका थिए ।

मास किन उर्लियो ?

– मानसिक रुपमा डिसअडर भएको ती व्यक्ति यो घटनामा संलग्न छैन भन्ने कुरा मासलाई थाहा छ । किनभने उसले यस्तो घटना घटाउन सक्दैन । ऊ शारीरिक रुपमा कमजोर छ । घटना उखुबारीमा भएको भनिएको छ, तर प्रहरीले सुरुका दिनमा यो एकजनाको हातको कुरा होइन, घटनामा ३–४ जना संलग्न छन् । कुनै ठाउँमा यो घटना घटाएपछि राति ल्याएर फालिएको हुनुपर्छ भन्ने कुरा एपीले गरेका थिए । अहिले आएर यो घटना त्यही ठाउँमा भएको हो भनिरहेका छन् ।
उखुबारीमा घुँडासम्म पानी छ, हिलो छ, घटना हुनसक्ने अवस्था छैन । रेप गर्नेले कहिले पनि कण्डप युज गर्दैन ।

ताजा अपडेट

खोजी गर्नुहोस