‘पार्टीमा समस्या नै छैन त भन्दिन, कार्यकर्ता व्यवस्थापनमा ठुलो समस्या छ’ : मनिष सुमन (अन्तर्वाता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ भाद्र ३०, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

महाधिवेशनको मिति घोषणा गरिसकेको राजपा अहिले महाधिवेशनकै तयारीमा जुटिरहेको छ । मिडियामा राजपालाई नेता चुन्न गाह्रो लगायत विषयहरुले आक्रामक रुप लिँदैछन् । महाधिवेशनको तयारी कस्तो हुँदैछ भन्ने विषयमा राजपा महासचिव मनिष सुमनसँग गरिएको अन्तर्वाता ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ला ? तयारी कत्तिको छ ?

हामी आफ्नो आन्तरिक कार्यक्रमहरु त गरि नै रहेका छौं । राष्ट्रिय राजनीति प्रति राजपा त्यत्तिकै चिन्तनशिल छ । हामी ६/७ दल मिलेर बनेका एकिकृत एउटा बनेका हौं । हाम्रो एकताको पहिलो खुड्किलो हामीले आफैले गरेको बाचा अनुसार पार्टी गठन भएको एक वर्ष भित्रमा अधिबेसन सन्चालन गरिसक्नु पथ्र्याे । तर निर्वाचन तथा अन्य कारण समय मै महाधिबेसन सम्पन्न गर्न सकिएन । अहिलेको निर्णय अनुसार २०७६ बैसाख ७, ८ र ९ गत हामीे महाधिवेसन गर्न गइरहेका छौं । सो दायित्वका पछाडि पनि पार्टी लागिरहेको छ ।

पार्टी नेतृत्व कस्ले र कसरी गर्ने भन्नेमा नै शीर्ष नेताहरुबिच खटपट भैरहेको र त्यसैकारण अधिवेशनको तयारीमा ढिलाई भएको भन्ने कुरा छ त ?

बाहिरको सबै हल्लाहरु मिथ्था हुन् । हामी ५ हैन ६ जना अध्यक्ष चाहान्छौं । म महासचिव भएको र म जस्तै २९ जना महासचिव छन् । त्यस्तै हामो केन्द्रिय कमिटी ८१४ जनाको छ । या संरचना हेर्दा एकछिनको लागि भद्धा लाग्छ, नलागेको हैन । तर राज्य गुगलमा गएर सर्च गर्नु, विश्वको बहुदलिए राजनीतिमा १/२ दल मिलेको त सुन्नुभएको होला तर ६÷६ वटा पार्टी एकिकृत भएको विरलै छ । हो, त्यस्तो एउटा अनौठो काम आम जनताको इच्छा आकांक्षा अनुसार मधेसका जनताको अनुसार आदेश एउटै झण्डा, एउट नाम र एउटै संरचना खडा गर्ने गरि हामी ६ वटा अलग अलग पार्टीबिच एकता भएको हो ।

त्यहि ६ वटा पार्टी एकिकृत गर्दाखेरी अहिले नेता व्यवस्थापन गर्न हम्मे हम्मे प¥यो ?

अलिकति हम्मे परेको त म अस्विकार गर्दिन । तर हामीले सबैको अस्थित्वलाई स्विकार गर्दै एकिकरण गरेका थियौं, तसर्थ सबैको सांगठनिक संरचनालाई मिल्ने गरी हामीले पार्टि एकिकरण गरेका थियौ । सबै (६ वटा) पार्टीका अध्यक्षलाई हामीले अध्यक्ष भन्ने गरेका छौं । सबै पार्टिका सदस्यलाई हामीले एकिकृत कोष भन्ने गरेका छौं । ६ वटै पार्टिका जिल्ला अध्यक्षलाई हामील जिल्ला अध्यक्ष भन्ने गरेका छौं । अर्थात अध्यक्ष मण्डलको एउटा संरचनामा हामी चलिरहेका छौं । यि सब कुराको निरुपण हन्छ, एउटा महाधिवेसन हुन्छ । पदधारी पदहरु अब पार्टिको विधान अनुसार पार्टि कार्यकर्ताले चुनेको नेता हुनेछ । तसर्थ केहि समस्या छन्, समस्या नभएका हैनन् । समस्या नै छदैछैन भनेर म तपाईलाई भन्दैन । कार्यकर्ता व्यवस्थापन एउटा ठुलो समस्या छ । यि सबको निरुपण महाधिवेसन पश्चात् हुन्छ ।

अहिले पार्टि भित्र भइरहेको काम चाहिं के हो ? तपाईहरु केमा व्यस्त हुनुहुन्छ खास गरी?

अहिले त हाम्रो व्यस्तता भनेको आन्तरीक संरचनालाई सुसंगठित गर्नु, त्यो बाटो भनेको महाधिवेसन गर्नु हो । हामीले भर्खरै गरेको छलफल गरे अनुसार नै महाधिवेसन गर्न हामी उद्धत छौं ।

अडियोमा सुन्नुहोस् अन्तर्वाता

ताजा अपडेट

खोजी गर्नुहोस