‘टालटुल र कटिङले हुँदैन नागढुङ्गा–नौविसे सडकको विकल्प चाहिन्छ’ : पुर्वसचिव उपाध्याय (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • ५९ पटक पढिएको
Post Thumbnail
यतीखेर नौविसेदेखी नागढुङ्गासम्म आईपुग्न आम सर्वसाधारणलाई कम्तीमा ५ घण्टा लाग्ने स्थिती छ । दिनहुँ सवारी जामका कारण नागढुङ्गा–नौविसे सडक खण्ड अस्तव्यस्त छ । सडकको स्थिती बेहाल त छ तर मालबहाक सवारी र सडककै कारण बाटोमा हलुका सवारी साधन बिग्रिएर घण्टौँ बाटैमा अलपत्र परिरहेको स्थिती छ । यो समस्या अहिलेदेखीको हैन । दशकौ वितीसकेको छ । यद्यपी सरकार यस कुरामा गम्भिर बन्न सकिरहेको छैन । आम नागरिकको सास्तीको विषयमा सरकारलाई सोच्ने फुर्सद छैन । अव नागढुङ्गा–नौविसे सडक खण्डको स्तरोन्नतीले मात्रै हुन्छ अथवा यसको विकल्प खोज्नुपर्छ ? भन्ने सन्दर्भमा नेपाल सरकारका पुर्वसचिव तथा पुर्वाधार विज्ञ भिम उपाध्यायसंग अनलाईन केन्द्रका सम्पादक राज ढुंगानाले कुराकानी गरेका छन ।
  • पटक पटक नौविसे–नागढुंगा सडकमा जाम भइरहन्छ, यो कुरा सरकारले नदेखेको कि नसुनेको ?

यसको समस्या एउटा पक्षमा छैन, धेरै पक्षमा छ । विस्तार हुने सबै सडकको समस्या उस्तै हो । तर नौविसे– नागढुंगा– कलंकी सडकखण्ड एकदमै व्यस्त सडक हो । किनकी राजधानीमा भित्रिने र राजधानीबाट बाहिरीने सबै गाडिहरु यहि सडकबाट आवातजावात गर्दछन । दैनिक २०/३० हजार गाडिहरु यो सडकखण्डबाट आउने जाने गर्दछन् । देशभरीका गाडिहरु छिर्ने नाका भएकाले पनि नौविसे– नागढुगां– कलंकी सडकखण्ड अलि बढी जाम हुने गर्दछ । काठमाण्डौं राजधानी हो । ७ वटै प्रदेशका केन्द्र्र्र्र्र्रिय कामहरु राजधानीमा हुन्छन् । तसर्थ अर्को विश्वासिलो वैकल्पिक बाटो नबनाएसम्म यो सडकखण्डमा जाम भई नै रहन्छ ।

  • नौविसे नागढुंगा सडक एक त साँघुरो छ । अर्को कुरा यो सडकखण्डको विस्तार कार्य भईरहेको छ । एउटा काम सफलता पुर्वक सम्पन्न नगरी भद्रगोल तरीकाले काम भई रहेको छ । जसले गर्दा पनि सवारी जाम बढेको देखिन्छ । यसलाई व्यवस्थापन गर्न सकिदैन ?

यसमा नियमकानुन एवं निर्माण व्यवसायीको दोष देखिन्छ । ठेक्का लिँदा धेरैले लिन्छन् । एक अर्कामा सहकार्य हुँदैन । यदि यो ठेक्का एक जनाले मात्रै लिएको भए सजिलो पनि हुन्थ्यो, त्यस्तो हुँदैन । अर्को कुरा, नेपालको ठेक्कापट्टाको व्यवस्थापनमा पनि समस्या छ । यात्रुहरुलाई दुःख नदिएर, वातावरण प्रदुषणलाई न्युनिकरण गरेर, ट्राफिक जाम घटाएर निर्माण कार्य सन्चालन गर्ने भन्ने कुरा विकसित भएको छैन । यात्रुमैत्री निर्माण कार्य नभएकोले यसलाई व्यवस्थापन गर्न गाह्रो भई रहेको छ ।

  • भनेपछि हामीसँग २०/२५ किलोमिटर सडक निमार्ण गर्न तथा स्तरोन्नती गर्न एउटै ठेकेदार पनि सक्षम छैन ?

ठेक्कापट्टामा करोड÷अरबको प्याकेज हुन्छ । सडकको स्तरोन्नती गर्दा पनि नयाँ बनाउदा जत्तिकै लागत लाग्छ । जुन एक जनाले मात्र व्यवस्थापन गर्न नसकिने सक्छ, त्यसैले यति किलोमिटर एक जनाले, यति किलोमिटर एक जनाले भनेर प्याकेजिङ गर्छन् । जसले गर्दा कुनै बेला एकै पटक काम हुने, कहिले काम नै नहुने भई व्यवस्थापनका फितलो हुन जान्छ । तसर्थ नेपालको ट्राफिक जाम हुनुमा व्यवस्थान र व्यवस्थापकको समस्या छ ।

  • अब हामीले यो सडकखण्डको वैकल्पिक सडक खोज्नै पर्ने हो कि, यहि सडकखण्डको स्तरोन्नती गरेर प्रयोग गर्न सकिन्छ, जसले गर्दा आम जनताले घण्टांै जाममा बस्नुपर्ने जस्ता समस्या झेल्नु पर्दैन ?

अहिले संसार भरिका सबै विकसित शहरहरुमा पनि जामको समस्या छ । तर विकसित शहरहरुमा वैकल्पिक बाटोको व्यवस्था छ । त्यहाँ सडकको माथि ओभर ब्रिज, ट्रेनको व्यवस्था छ, जसले गर्दा जामको समस्या झेल्नु पर्दैन । तर हामीसँग गाडीको विकल्प छैन । त्यसैले हामीले भएको सडक चौडा त गर्नु नै छ । यससँगै ट्राफिक म्यानेजिङ आधुनिक ढंगबाट गर्नुप¥यो । हातमा सिट्टि लिएर, दिनभर उभिएर कति राम्रोसँग म्यानेज होला ? त्यसैले आवस्यकतालाई मध्येनजर गर्दै इलेक्ट्रोनिक ट्राफिक सिग्नलको व्यवस्था गर्नु प¥यो । यस्तो नगरे पछि ट्राफिक जामबाट मुक्ति पाउन गाह्रो नै पर्ला । टालटुल र कटिङले हुँदैन नागढुंङ्गा–नौविसे सडकको विकल्प चाहिन्छ नै ।

अन्तवार्ता अडियोमा सुन्नुहोस्:

ताजा अपडेट

खोजी गर्नुहोस