मानिसहरु सफल बन्नका लागि सधैं लागिरहन्छन् । सधैं भौतारिइरहन्छन् । त्यति हुँदा पनि जीवनमा आफुलाई सफल सावित गर्ने व्यक्तिहरु भने कमै मात्रामा भेटिन्छन् । अनलाइन केन्द्रले यहाँ त्यस्तो व्यक्तित्वको बारेमा चर्चा गरेको छ जसको सफलताका कथा पढेर सबैले पाठ सिक्छन् । आफुलाई कुशल व्यवसायी सावित गर्नेहरुको भिडमा एक सफल व्यवसायी हुन् कुशुम लामा । प्रभु ग्रुपकी उपाध्यक्ष तथा प्रभु इन्स्योरेन्सकी अध्यक्ष उनै कुशुम लामासँग अनलाईन केन्द्रका प्रधान सम्पादक राज ढुंगानाले उनै सफलताको विषयमा केन्द्रित रहि कुराकानी गरेका छन् । प्रस्तुत छ, व्यवसायी लामासँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईको जन्म कहिले भएको हो ? बाल्यकाल कसरी बित्यो ?
२०२६ साल काठमाडौंमा भएको हो । बाल्यकाल एकदमै रमाईलोसँग बित्यो । उसो त सबैको बाल्यकाल रमाईलो हुन्छ नै । हामी ३ दिदीबहिनी मात्र थियौं । संयुक्त परिवारमा भएकोले त्यस्तो एक्लोपना महशुस भएन । छोरी मात्र भएकोले छोराको आवस्यकता पनि महशुस गर्नु भएन बुबाआमाले ।
त्यतिबेला शिक्षामा महिलाको उपस्थिती कस्तो थियो ?
महिला र पुरुषको उपस्थिती बराबर नै थियो । गाँउमा कस्तो थियो त्यो थाहा भएन तर यहाँ भने महिला परुषको उपस्थिती समान अनुपातमा थियो । अनि हाम्रो मंगोलियन समुदायमा छोराछोरी बिच विभेद भएको देखेकी छैन मैले । दुबैलाई समान अवसरहरु प्रदान गरिन्छ । म पढेको स्कुलमा एकदमै राम्रो थियो । राजधानी भएर पनि होला मैले न त घरमा विभेदको सामना गर्नुपर्यो न त विद्यालयमा नै । अझ त म पहिले देखि नै केटा स्वभावको थिएँ ।
एस.एल.सी. मैले राम्रै श्रेणीमा पास गरेँ । पहिले पद्मकन्यामा आई.एस.सि. भर्ना गरें, अनि त्रिचन्द्रमा ट्रान्सफर गरेँ । पद्मकन्याबाट त्रिचन्द्रमा ट्रान्सफर गर्नुको कारण म पहिले देखि नै केटाको स्वभावको थिएँ, त्यसैले पनि हो कि साडि लगाउन एकदमै झन्झट लाग्थ्यो । फेरी त्यतिबेला कलेज ड्रेस साडि नै थियो । त्यसैले त्रिचन्द्र सरेको । आई.एस.सी सकिएपछि विविध कारणबस साईन्समा राम्रो गर्न सकिन अनि साईन्स छोडेर मानविकि कन्या क्याम्पसमा भर्ना गरेँ । अनि ब्याचलर भने पाटन क्याम्पसबाट गरें ।
मैले एसएलसी सकेर भोलेन्टिर शिक्षक बनेर पढाएको थिए । मैले पहिले देखि नै कम्प्युटर चलाउन जानेको थिएँ । त्यतिबेला कम्प्युर जान्नु धेरै ठुलो कुरा थियो किनकि नेपालमा भर्खर कम्प्युटर भित्रिएको थियो । एसएलसीको रिजल्ट पछि कलेज भर्नासँगै काम पनि गर्न थालें। अरुले घोकेर गर्ने काम मैले कम्प्युराइज गर्थे । त्यसैले पनि मैले राम्रो स्थान पाएको थिएँ । अर्को कुरा मैले त्यति बेला बाट नै राम्रो तलब पाएको थिएँ साथै मलाई गाडिको सुविधा पनि थियो । त्यति बेला दक्ष जनशक्तिको अभाव भएकोले पनि होला मलाई फेसिलिटिज बढि दिएको । अनि त्यति बेला अंग्रेजीलाई नेपालीमा ट्रान्सलेट गर्ने एप पनि थिएन । आफैले टाईप गरेर ट्रान्सलेट गर्नुपथ्र्यो । त्यति बेला पनि मैले रिर्पोटहरु तयार पार्थेँ । त्यहि क्रममा लाएजिङ गर्न लागे । मैले कोरियन कम्पनीलाई पनि लाएजिङ गरे । उनीहरुलाई चाहिने डकुमेन्टहरु मैले बनाउन सुरु गरेँ ।
विस्तारै म कोरिया पनि गएँ । बुद्ध एयरलाई कोरियामा लिंक गर्ने पहिलो कम्पनी त्यतिखेर हाम्रै थियो । त्यसपछि म २००४ मा प्रभु ग्रुपमा आएँ । त्यतिखेर डि.पि भट्टचन सर हाम्रो चियरपर्सन हुनुहुन्थ्यो । उहाँसँग कोरियामा सँगै काम गरौं भन्ने भयो । हामीले कोरियामा पनि एप्लाई गर्यौं । त्यसपछि २००६ मा हामीले मलेसियामा पनि लाइसेन्स पायौं । अन्य बैंकहरुसँग करेस्पोन्डिङ गर्ने कामहरु त्यतिखेर म आफैंं गर्थें । चेयरपर्सन सर पनि आइरहनुहुन्थ्यो मलेसियामा । त्यसपछि निकै मेहनत गयौं र आइएमईको लागि पहिलो लाइसेन्स २००६ मा हामीले पायौं । ट्राभल एजेन्सीबाट विस्तारै म मनी ट्रान्सफरतिर गएँ । त्यतिखेर डि.पि जीले मलाई धेरै कुरा सिकाउनुभयो । २००२ मा प्रभु मनी ट्रान्सफरको सुरुवात भएको थियो भने खाडी मुलुकहरुमा यसले आफुलाई विस्तार गरिरहेको थियो ।
यो करियरमा तपाई लाग्नुभयो । सुरुमा भोलेन्टियर अनि ब्रिटिस कम्पनीमा काम गर्दा देखि नै सुविधा पाउनुभयो, राम्रो प्रफमेन्स गर्नुभयो ?
मलाई सिक्ने कुरामा एकदमै जाँगर चल्छ । अहिले पनि म कुनै सेमिनार, मिटिङमा गएर फर्केपछि सबै स्टाफहरुलाई बोलाएर सबै सुनाउछु । अर्थात सबैलाई भेला गरेर यस्तो यस्तो हो भन्छु, एक प्रकारको टिचिङ गर्थे ।
अध्ययनको अलवा संघर्ष गर्नुपर्छ, आफै क्यापेवल हुनुपर्छ भनेर तपाईलाई कसैले उत्प्रेरणा दिन्थ्यों या आफै गर्नुभयो ?
म अर्कै स्वभावको थिए । कसैले यो गर भन्दैमा गर्ने या नगर भन्दैमा नगर्ने स्वभावको थिइन । हेर्दा गर्ने हो जस्तो लाग्यो भने गर्थे । भोटेहरु अलि एकोहोरो स्वभावको हुन्छन नि । त्यसैले म पनि कसैले यो गर भन्दैमा गर्दैन थिए । यो सामुहिक जातजातीको बिचमा बसेर पनि होला, परिवारमा पनि यो गर त्यो नगर कसैले भन्नुहुँदैन थियो । अर्को कुरा म देश विदेशमा जान्थे । आफुले सिकेको कुरा सबैलाई सिकाउथें । मलाई त्यस्तो कहिले पनि लागेन कि अरु म भन्दा जान्ने भएँ भने मेरा सेवासुविधाहरु काटिन्छन् । मेरो जागिर खोसिन्छ । म अरु भन्दा सानो हुन्छु ।’
कतिपय यस्तो मान्छे देखेछु भने आफुले जानेको कुरा अरुलाई सिकायो भने उसले आफ्नो स्थान लिन्छ भन्ने सोचेर आफुले जानेको कुरा अरुलाई सिकाउदैनन् । यस्तो हुदैंन भन्न चाहान्छु म । आफुले जानेको कुरा अरुलाई सिकाउदैमा आफु सानो भइदैँन ।
मलाई यस्तो लाग्थ्यो कि अरुलाई पनि काम सिकायो भने आफु फ्रि भइन्छ । फ्रि भयो भने त आफु बाहिर जान पाइन्छ । तर कतिपय यस्तो मान्छे देखेछु भने आफुले जानेको कुरा अरुलाई सिकायो भने उसले आफ्नो स्थान लिन्छ भन्ने सोचेर आफुले जानेको कुरा अरुलाई सिकाउदैनन् । यस्तो हुदैंन भन्न चाहान्छु म । आफुले जानेको कुरा अरुलाई सिकाउदैमा आफु सानो भइदैँन ।
अहिले पनि म घरको काम गर्छु । शनिबार खाना बनाउने काम मेरो हुन्छ । हामीसँगै भएको एकजना ड्राइभर भाई हुनुहुन्छ । उहाँ १७/१८ वर्ष देखि हामीसँगै हुनुहुन्छ । काम गर्दैमा सानो भइन्छ भन्ने मलाई कहिले पनि लाग्दैन । अरुसँग कसरी सम्बन्ध कायम राख्ने भन्ने त आफुमा निर्भर हुन्छ नि । मेरो घरमा मलाई भन्दा पहिला मेरो ड्राइभरलाई खाना दिईन्छ । मलाई राम्रो सर्भिस दिनको लागी त पहिले उ राम्रो हुनुपर्यो नि । त्यसैले पनि उसलाई मेरो परिवारमा छोराको व्यवहार गरिन्छ । अझ भन्नुपर्दा मेरो अफिसमा करिब १०४ जना स्टाफ हुनुहुन्छ । हामी असार १५ मा दहि चिउरा खाने देखि लिएर साउन १५ मा खिर खाने लागाएतका सबै चाडवाड मनाइन्छ । कामलाई बोझ होईन कि रमाईलोसँग गरिन्छ । थोरै स्टाफ हुँदा म आफै घरबाट खिर पकाएर ल्याउथें । तर अहिले धेरै स्टाफ हुँदा असम्भव हुनाले अफिस मै बनाउछौं । यसरी सम्बन्धमा आत्मियता बढ्छ । यो भनेको पारिवारिक वातावरण तय गर्ने उपाय हो ।
तपाई विदेश आवत जावत गरिरहने मान्छे, छोरी मान्छे भएकोले कुनैपनि कारण देखाई परिवारले तपाईंलाई विदेश जान रोक्न खोज्नुभएन ?
त्यस्तो कहिले पनि भएन । म पहिले देखि नै विदेशीसँग काम गर्थेँ । म विदेशी कन्सल्टेन्समा काम गर्दाखेरि नै हेड अफिस काठमाण्डौंमा भएपनि म चितवनको अन्नपुर्ण होटेलको माथी टावर थियो त्यहाँ बसेर म काम गर्थे । म आफै टेण्डर डकुमेन्ट बनाएर कन्ट्याक्टरहरुलाई बाँड्थे । मलाई तिमी छोरी भएकोले यो गर्ने यो नगर्ने भनेर कहिले पनि सिमा तोकिइएन । फेरि विदेशीहरुसँग संगत बढि भयो । फेरी आर्य जातीहरुमा छोरीहरुलाई एकदमै प्रोटेक्ट गरिन्छ । तर त्यो प्रोटेक्सन भन्दा पनि त्यसले अगाडि बढ्नलाई एकदमै बाधा पुर्याउदछ ।
सफल हुनको लागी परिवारको साथ कत्तिको आवश्यक पर्दछ ?
परिवारको सपोर्ट बिना कसैले केहि गर्न सक्दैन जस्तो लाग्छ । किनभने बाहिर जतिसुकै जे गरेर आए पनि भए पनि घरमा तनाबपूर्ण वातावरण छ भने सहज ढंगबाट काम सम्पन्न गर्न सकिदैन । त्यसैले पनि मनलाई खुशि बनाउनको लागी पारिवारिक वातावरण शान्त हुनुपर्दछ । परिवारका सबै सदस्यहरु बिच असल सम्बन्ध हुनु जरुरी हुन्छ । को सँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा व्यक्ति स्वयम्मा निर्भर हुन्छ ।
शिक्षित व्यक्तिले पनि बाहिर स्वतन्त्रताको भाषण गर्दछ तर घरमा आए पछि महिलालाई शारीरिक होस् या मानसिक शोषण गर्दछ । घरको केहि पनि काम पुरुषले गर्न हुँदैन भन्ने मान्यता छ अझै पनि ।
अहिले मान्छेले स्वतन्त्रताको नारा लगाइरहेको छ । शिक्षित व्यक्तिले पनि बाहिर स्वतन्त्रताको भाषण गर्दछ तर घरमा आए पछि महिलालाई शारीरिक होस् या मानसिक शोषण गर्दछ । घरको केहि पनि काम पुरुषले गर्न हुँदैन भन्ने मान्यता छ अझै पनि । पुरुषले अरु काम त परै जावस् एक गिलास पानी पनि आफैले सारेर खाँदैनन् । त्यस्तो हुनुहुदैँन । जतिसुकै जे भने पनि अहिले सम्म पनि नेपाल पितृसत्तात्मक देश नै छ । महिला जतिसुँकै उफ्रे पनि देश पुरुष प्रधान नै छ । एक दुई जनाको छुट्टै कुरा तर आम महिलाहरु पुरुषबाट पिडित नै छन् । कतिपय शिक्षित महिलाहरु पनि ‘मलाई बुढोले पिट्यो भनेर गाँउ नै थर्काएर पनि हिड्छन् । उनीहरुलाई लाज पनि लाग्दैन, जे हो त्यो देखाइदिन्छन् । धनी वर्गहरु मन मिलेन अथवा महिलाले अनकम्फर्टेवल महशुस गरेमा डिर्भोस गर्दछन् । उनीहरु एजुकेटेड हुन्छन् त्यसैले डिर्भोस पछि केहि काम गर्छन् अनि आफ्नै तरिकाले जिवन चलाउछन् । तर मिडिल क्लासका महिलाहरु बुढोले पिट्यो भने निल डाम लुकाएर हिड्छन् । आफैलाई कमजोर सोचेर पुरुषले दिने यातनालाई सहजै स्विकार्दछन ।
महिला हिंसा एवम उत्पिडन मध्यम तथा निम्न वर्गमा धेरै छ । त्यसैले महिला हिंसा कम गर्ने सम्बन्धमा महिलाहरुलाई मात्र सचेत गराएर हुँदैन । जब सम्म पुरुष सचेत हुँदैनन् तब सम्म महिला हिंसा रोकिँदैन । केटा मान्छेले पैसामात्र ल्याइदिन्छ, त्यो पैसाको सदुपयोग गर्ने काम महिलाको हो यसर्थ कि घरका आवश्यकिय सरसमानहरु महिलाले नै किन्दछन् । पुरुषले कमाएर ल्याएको पैसाको सहि सदुपयोग महिलाले नै गर्दछन् । भनेपछि महिलाको रोल पुरुषको भन्दा बढि छ नि हैन र ? पुरुषले त पैसा मात्र ल्याउछ, त्यो पैसालाई कन्भर्ट गर्ने काम महिलाले गर्दछन् । हो त्यो कुरा पुरुषले बुझ्नु एकदमै जरुरी छ । त्यो कुरा बुझ्नको लागी महिलाहरु आफैले मात्र तात्तिएर हुँदैन, पुरुषले पनि बुभm्न जरुरी हुन्छ । यो शिक्षा पुरुषहरुलाई दिनुपर्यो ।
महिलालाई हैन पुरुषलाई सचेतनामुलक तालिम दिनुपर्दछ । घरमा कसरी व्यवहार गर्ने त्यसको तालिम दिनुप¥यो पुरुषलाई । महिलाहरु त यसै पनि कोमल हृदयका हुन्छन ।
कुनै पनि पुरुष विदेश जान्छ, त्यहाँ श्रीमान श्रीमती मिलेर काम गरिरहेको देख्छ, कति राम्रोसँग मिलेको जोडि भन्छ तर त्यहि पुरुष आफ्नो घर फर्केपछि एक गिलास पानी पनि आफैले सारेर खाँदैन । बाहिर समानताको भाषण गर्ने पुरुष घरममा आए पछि सबै बिर्सिन्छ । पुरुषले ठुलै काम गर्नुपर्छ भन्ने पनि त छैन, आफुले लुगा खोले पछि ठाँउमा राख्दा, आफु नुहाइसकेपछि अन्डरवेर धोएर, जुत्ता खोलेर र्याकमा राखिदिएर पनि महिलालाई सघाउन सकिन्छ नि हैन र रु यस्ता ससाना आफुले गर्न सक्ने कामहरु गरिदिए मात्र पनि महिलालाई धेरै राहत हुन्छ नि । पानी किन्दा जारहरु ल्याई दिन त सकिन्छ नि । कतिपय कामहरु महिलाको फिजिकलले गर्दा पनि गर्न गाह्रो पर्छ, त्यो पनि बुझिदिदैँनन् कतिपय पुरुषहरु । यस्ता स–साना काममा सघाइदिएर सहकार्य गरि अगाडि बढे पो सम्बन्ध राम्रो हुन्छ त ।
मेरो विचारमा महिलालाई हैन पुरुषलाई सचेतनामुलक तालिम दिनुपर्दछ । घरमा कसरी व्यवहार गर्ने त्यसको तालिम दिनुप¥यो पुरुषलाई । महिलाहरु त यसै पनि कोमल हृदयका हुन्छन । बुढा बुढि सँगै काम गरेर फर्किन्छन, बुढि सिधै किचेनमा पस्छन तर बुढो ल्यापटप, टिभि, मोबाइल खोलेर बस्छन् । महिलालाई पनि पुरुष थाकेको थाहा हुन्छ तर आफु थाकेको थाहा हुँदैन । त्यो कोमल हृदय भएर हो नि । तर पुरुषलाई त्यो कुरामा केहि चासो हुँदैन । ‘दुबै जना थाकेर आएका छौं, एकछिन आराम गर अनि सँगै मिलेर काम गरौंला’ भन्न सक्दैनन् पुरुषहरु । पुरुषको यहि बानी नसुध्रे सम्म महिलाहरु पिडित भइ नै रहन्छन । यहाँ महिलाहरुले आफ्नो जिम्मेवारी राम्रो सँग पुरा गरिरहेका छन, तर पुरुषहरुलाई आफ्नो जिम्मेवारी थाहा छैन । अहिले ‘महिला भएर तपाईले दुःख पाउनु भएको छ भन्दा पनि पुरुष भएर तपाईको के बुद्दि आएको छ ?’ भन्नु पर्ने बेला आएको छ ।
यो प्रभु ग्रुपलाई देशभरि मात्र नभई विदेश सम्म पनि यति व्यापकता ल्याउनुमा तपाईको मिसन के थियो ?
हामी कसैले पनि मिसन सेट गरेर गएका हैनौं । जस्तो हामीले मलेसियामा लाइसेन्स पायौं, त्यो लाइसेन्सको पुरा सदुपयोग त गर्नुप¥यो । सदुपयोग भनेको के भन्दा सेन्ड पनि गर्न मिल्ने, रिसिभ पनि गर्न मिल्ने । भनेपछि नेपालमा त त्यसैपनि सेन्ड गर्न मिल्ने भयो, अब अरु कन्ट्रिमा पनि पिन ट्राइ नगर्ने भनेर हामी विभिन्न देशहरुमा पुग्यौ । अब नेपनलको केसमा कस्तो थियो भने, हामीले यो गर्नु पर्छ, भन्ने टार्गेट पहिले पनि थिएन । हामीले प्रभु मनी ट्रान्फर स्थापना गर्दा प्राइभेट एजेण्डहरु मात्र पैसा बाड्थे । प्राइभेट एजेण्डहरुसँग त्यति पैसा थिएन । त्यसैले बेनिफिटबाट जाँदा उनीहरुलाई तिर्न गाह्रो हुन थाल्यो । अनि को सँग पैसा हुन्छ भन्दा बैंक फाइनान्ससँग हुन्छ भन्ने थाहा भएपछि हामी बिस्तारै बैंक फाइनान्ससँग एग्रिमेन्ट गर्न थाल्यौ । बैंक फाइनान्सहरु शहरी क्षेत्रमा मात्र भए । पछि हामीले विदेशमा कम्पनी खोल्दै जाँदा केवाइसी एकदम महत्वपुर्ण भयो । आज नभए भोली केवाइसी खोल्नै पर्ने भयो । अब के गर्ने भन्दा गाँउहरुमा पनि सुविधा पुर्याउनु थियो र केवाइसी खोल्न पनि सजिलो पार्न हामीले सहकारीलाई छान्यौं । किनभने सहकारीले त आफ्ना सिमित सदस्यहरु भित्र मात्र काम गर्छ । जति केवाइसी ले मेन्टेन गर्न सक्छ त्यति बैंक फाइनान्सले मेन्टेन गर्न सक्दैन । त्यसैले हामी सहकारी तिर लाग्यौं ।
सहकारीलाई सुरु गर्ने पहिलो कम्पनी प्रभु मात्र हो । अहिले हामीसँग आवद्ध सहकारी संस्थाहरु साढे ४ हजार छन । सहकारीको समस्या के त भन्दा उनीहरुसँग पैसा छैन । भएको पैसा लोन दिने चलाउने पैसा धेरै नहुने । वेनिफिसियललाई पैसा दिन अझै गाह्रो भयो । हामीले सधै काठमाण्डौंबाट पैसा पठाएर पेमेन्ट गरेर साध्य भएन । त्यतिबेला हामीले टेलीफोनको स्क्याच कार्ड आफै कोरेर सफ्टोयर बनाएका थियौं आफैले । अनि हाम्रो एजेण्टहरुले त्यसबाट पैसा ताने । हामीले त्यसरी सफ्टोयर अनि कोर्ड बनाएर गाँउ गाँउमा पैसा झिक्न मिल्ने बनायौं । खास त्यसरी अनलाइनबाट टेलिफोन रिचार्ज गर्न, पैसा झिक्न मिल्ने भयो । पहिले हामी विदेशको पैसा मात्र रिसिभ गथ्र्यौं । अनि त्यसपछि इन्टरनेट, डोमेस्टिक मनी ट्रान्सफर सुरु गर्यौं । पैसा रिसिभ र सेन्ड दुवै गर्दा हामीले कमिसन पाउने भयौं साथै पैसाको सर्कुलेसन पनि हुने भयो । त्यसैले हामीले यसको स्थापना गर्र्यौं, जसले गर्दा सबैलाई अहिले सजिलो भएको छ ।
पहिले एक जनाले मात्र गर्नु पथ्र्यो भने अहिले २/३ जना स्टाफ अगाडि राखेर गर्ने बेला आएको छ । सहकारीहरुको सबभन्दा ठुलो समस्या भनेको सफ्टवयर नै छैन । हिसाब सबै खातामा राख्नु पर्छ । त्यसको समस्या के भन्दा गएको भुकम्प भन्दा पहिला हामीले सहकारीको लागी अकाउन्ट सफ्टोयर बनाएका थियौं । त्यसमा सेभिङ, क्रेडिट गर्ने बैंकिङ जस्तै आफैले चलाउन सक्ने सफ्टोयर बनाएका थियौं । अनि भुकम्प पछि हामीले त्यसलाई चेन्ज गर्यौं । भुकम्प पछि धेरै मान्छेको खाता हरायो । जोजोले कम्प्युटर राखेको थियो त्यो कम्प्युटर पनि पुरियो । कसको कति हिसाब छ भन्ने नै थाहा नभएपछि हामीले क्लाउड बेसको सफ्टवयर बनाएका छौं । जसरी जिमेल, याहु चल्छ ।
उहाँहरुले आफ्नो नाम र पासवर्ड राख्ने अनि जेजे राख्न मन लाग्छ त्यो राख्ने अनि जतिबेला चाहिन्छ त्यति बेला खोल्ने । त्यसको लागी छुट्टै कम्प्युटर पनि राख्न परेन, छुट्टै आइटी पनि राख्न परेन । पहिले आइटी छुट्टै राख्नु पथ्र्यो । पहिले सहकारीमा सेभिङ, डेविट, क्रेडिट मात्र गरिन्थ्यो भने अहिले दुग्ध, मौरीपालन आदि जस्ता कृषि सहकारी, बहुउद्देश्य सहकारी पनि खोलेका छौं । र त्यसको लागी चहिने सफ्टवयर पनि बनाएका छौं । त्यसको लागी हामीले त्यति अवायरनेस काम पनि गर्न सकेका छैनौं, तर केहि हद सम्म कम्प्युराईज होस् भन्ने सोचेर यो सफ्टवयर बनाएका हौं अहिले इन्टरनेट बैंकिङ, एटीएम, डेबिट कार्ड लगायतका विभिन्न सुविधाहरु हामीले उपलब्ध गराउन सफल भएका छौं । यसबाट कोअपरेटिभहरुलाई पनि सहज हुने छ । कोअपरेटिभहरु विस्थापीत हुनबाट जोगाउन हामीले डिजिटलाइज गरिरहेका छौं, लोन उपलब्ध गराउन पनि कोअपरेटिभको ढोकामा कुर्नुपर्ने वातावरण सिर्जना नहोस् भन्ने हिसाबले हामीले सेवा उपलब्ध गराइरहेका छौं ।
बैंक, को-अपरेटिभ लगायत टेलीफोनमा पनि काम गरिरहनुभएको छ, यो सब कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हामीलाई यसको व्यवस्थापन गर्न गाह्रो हुँदैन । हामीले अहिले आइटीलाई नै जोड दिइहेका छौं । अहिले अझ बढि हामी टेलीभिजनमा केन्द्रित भैरहेका छौं । जस्तो कि, प्रभु ग्रुपले अहिले प्रभु टिभी ल्याएका छौं । यसको चाहिँ छाता पनि हुँदैन, एन्टेना पनि ठुलो लाग्दैन । यो हामीले चाहेर समग्र नेपालीहरुलाई समेट्नका लागि नयाँ नयाँ कामहरु गरिरहेका छौं । हामीले टाइसुट लगाउनेहरुलाई भन्दा पनि सर्वसाधारणहरु लक्षित गरि सेवा दिइरहेका छौं । मार्केटको मागबमोजिम हामीले काम गर्ने हो , गरिरहेका छौं । त्यस्तै हामीले इन्सुरेन्सका लागि पनि काम गरिरहेका छौं । एकदमै सहज हिसाबले हामीले सेवा प्रवाहगर्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।
अन्त्यमा, आफ्नो सफलताको कथा सुनाईरहँदा तपाईंको सोच राजनीतीमा आउनेतर्फ छ कि छैन ?
अँहँ, मैले अहिलेसम्म राजनीतिमा जाने कुनै सोच बनाएको छैन । मलाई लाग्छ, राजनीतिमा लाग्नु भनेको सबैतिरबाट अन्त्य हुनु हो । राजनीति भनेको सामाजिक कार्य गर्नका लागि हो भने हामी पनि सामाजिक कार्य गरिरहेका छौं । अनि राजनीति नै किन गर्नुपर्यो र मैले रु राजनीति गर्दा आफ्नो क्यारिअर नै सकिन्छ, त्यसकारण मलाई यो प्रति कुनै चाहना नै छैन । अब केही गर्नु छैन भनेपछि मात्रै राजनीतिमा जानुपर्ने स्थिती छ नि हाम्रो ।
यसो भन्दै गर्दा, राजनीतिमा जाने मानिस र राजनीति गरिरहेका व्यक्तित्वहरुलाई के भन्नुहुन्छ ?
राजनीतिमा लाग्नेहरुले सर्वप्रथम त आत्मालोचना गर्न सिक्नुपर्यो, जुन हाम्रो देशमा राजनीति गर्नेहरुमा एकदमै कम छ, अझ भनौं त्यो बानी छँदैछैन । अनि सानासाना कुराहरुमा अल्झन भएन । आफ्नो भैरहेको दायरालाई बढाएर समाज नियाल्नुपर्यो ।
अहिलेका यूवायूवतीलाई चाहिँ तपाईं के भन्नुहुन्छ ?
युवायुवतीहरुले विभिन्न क्षेत्रमा भैरहेको भेदभावहरुको अन्त्यका लागि काम गर्नुपर्यो ।