नेपाली कांग्रेस यतिबेला राष्ट्रिय जागरण अभियानमा जुटेको छ । देशभर कार्यकर्तालाई उत्साह जगाउदै नेताहरु सक्रिय हुने उदेश्यका साथ गरिएको यो कार्यक्रमले कस्तो असर पुर्याउछ ? अभियान सुरु गर्दै गर्दा कार्यकर्ताले कस्तो अनुभव गरे ? भन्ने सवाललाई लिएर अभियान अन्तर्गत काभ्रे जिल्लामा रहनुभएका कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालासंग अनलाईन केन्द्रका प्रधानसम्पादक राज ढुंगानाले कुराकानी गरेका छन । कुराकानीको क्रममा डा. कोइरालाले कार्यकर्तालाई एक नबनाई यो अभियान गर्नुले महाधिवेसन पछि धकेलिने हो की भन्ने चिन्ता व्यक्त गरेका छन । उनले पार्टीका सबै अंग निष्क्रिय भएको अवस्थामा जागरण अभियानले सार्थकता पाउनेमा शंका व्यक्त गरे । कुराकानी पुर्णरुपमा अडियोमा सुन्न सक्नुहुन्छ ।
जागरण अभियानमा कार्यकर्ताको चासो कस्तो पाउनुभयो ?
मलाई काभ्रे खटाइएको छ । अगुवा कार्यकतालाई नै हो यो कार्यक्रम गरेको । दोस्रो,धेरै कार्यकर्ताले उत्सुकता देखाउनु भयो । के हो जागरण अभियान भन्न चासो सबैको थियो । काभ्रेमा १३ वटा पालिका रहछ, म सबै पालिकामा पुग्छु ।
डा साप, कार्यकर्तामा सक्रियता किन कम ? नेतृत्वमाथी असन्तुष्टि देखिएको हो ?
हैन त्यस्तो उपस्थिती कम त हैन, काभ्रेमा त उपस्थिती राम्रो थियो । तपाईले भन्न खोजेको ओपनमा गर्न सकेको भए हुन्थ्यो भन्ने होला । काठमाडौँ वा अन्त त मलाई थाछैन । यसमा के छ भने हाम्रो बिचमा पनि बैचारिक भिन्नता देखिएको छ । महासमिती बैठकदेखि नै । त्यो कुरा तल कार्यकर्तासम्म नै पुगेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने यो बढो कठिन छ । महासमिती बैठकमा लोकतन्त्रको आधारभुत कुरा भनेको सबैजना तलैबाट लडेर बराबर अधिकार दिएर आउन पर्यो भन्ने हो । तर महासमितीले निर्णय गर्छ,केन्द्रिय समितीले उल्ट्याउछ । यो बिडम्बना भएको छ । हामीले त नोट अफ डिसेन्ट लेखेका छौ । हामी त यो कुरा कार्यकर्तामाझ लैजान्छौ भनेका छौँ ।
पुर्ण अन्तवार्ता अडियोमा सुन्न सक्नुहुन्छ ।