‘१४ नम्बर वडा नमुना बनाएरै छाड्छु’ : शोभा सापकोटा (अन्तर्वाता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

शोभा सापकोटा । काठमाडौँ महानगरमा एकमात्र निर्वाचत महिला वडा अध्यक्ष ।उनि विहान ४ बजे उठ्छिन । घरको कामभन्दा भ्याउछिन र वडाको काममा पुगिहाल्छिन । विभिन्न समयमा हुने नगरसभा र केही विशेष कार्यक्रममा बाहेक उनि प्राय वडामा हुन्छिन । बिहान १० बजेदेखि ५ बजेसम्म उनको ध्यान वडाको दैनिक प्रशासन हेर्ने,जनताको गुनासो सुन्ने ,विकास निर्माणको अनुगमन गर्नमै समय बित्छ । यतिबेला नगरसभा देखि पार्टी राजनतिमा समेत महानगरको वडा नम्बर १४ की वडा अध्यक्ष सापकोटाको प्राय चर्चा हुने गर्दछ । खासमा महिला भएकै कारणले केही गर्न सक्दैनन् भन्ने मानसिकताले ग्रसित समाजमा केही गरेर देखाउने उनमा चुनौती छ । मुलुकको राजधानी भित्रने मुख्य नाका कलंकी समेत यही वडामा हुँदा उनलाई काम गर्न चुनौती संगै अवसर पनि छ । केही राम्रा कामको सुरुवात गर्दे आफ्नो कार्यकाललाई स्वर्ण अक्षरमा लेख्न उनि प्रयासरत छिन । उनै वडा अध्यक्ष सापकोटासंग वडाको विकास,नितिगत व्यवस्था,भावी योजनाका सन्दर्भमा केन्द्रित रहेर अनलाईन केन्द्रले विशेष कुराकानी गरेको छ ।

स्वागत छ तपाईलाई

-धन्यवाद

वडा अध्यक्ष भएर आउदा कुन सोच लिएर आउनुभएको थियो ? अहिले त्यही सोच अनुरुप काम भईरहेको छ त ?

-धेरै लामो समय सम्म स्थानीय चुनाव भएको थिएन । सुरु सुरुमा त केही गाह्रो भयो । जनताहरु भन्नुहुन्छ प्रतिफल चाँडै चाहिन्छ । हुन पनि हो जनता चाँडै विकास भएको हेर्न चाहन्छन । म पनि अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने भन्ने सोचका साथ काम अघि बढाउन प्रयत्न गरे । यहाँ बाटो सबै अलपत्र थिए । सबैतिर उकुसमुुकुस भएको अवस्था थियो । तर जुन मेहनत र सक्रियताले जे काम भईरहेको छ । यो दुई बर्षको समयमा धेरै परिवर्तन भएको छ ।

महानगरमा एकमात्रै महिला वडाअध्यक्ष भएर काम गरिरहदा कस्तो अनुभव भईरहेको छ ?

-मलाई सजिलो नै महसुस गरिरहेको छ । मलार्य हेर्ने दृष्टिकोण सकारात्मक देखेर म झन धेरै खुसी भए । सबैले मलाई सहयोग गर्ने । एकजना महिला वडा अध्यक्ष हुनुहुन्छ, सबैले सहयोग गर्नुपर्छ भन्ने सोच कार्यपालिका भित्र रहेको पाउछु । १४ नम्बरको वडा महानगरको ठुला वडा मध्येको ठुलो वडा पनि हो । यो काठमाडौँको मुहार पनि हो । जसलाई सफा गर्न म हरप्रयत्न सवैसंग मिलेर अघि बढिरहेको छु ।

-कलंकी काठमाडौँको मुहार भन्दैगर्दा यसलाई चम्किलो बनाउन के गरिरहनुभएको छ ?

यो नाकालाई म व्यवस्थित बनाउन लागेको छु । सधैँ जाम हुने यो चोक अहिले सहज भएको छ । कुनैबेला बिरामी बोकेर आएका एम्बुलेन्स पनि घण्टौँ जाममा बस्नुपथ्र्यो । हो ठुला सडक वडाको जिम्मामा हैन । तर यसलाई सहज बनाउन मैले समन्वयकारी भुमिका निर्वाह गरे । मैले सवैभन्दा पहिला त अन्तिम फेजमा रहेको मेलम्चीको पाईप बिछ्याउने कामलाई अहिले नै गर्न लगाए । त्यसपछि सडक निर्माण गर्ने कुरामा नियमित घच्घच्याईरहे । ठेकेदारलाई कागज गराएर निश्चित समयमा काम गर्न बाध्य गरायौँ । अहिले पिच भएको छ । अब सिसि क्यामेरा, लाईटिङ र हरियाली बनाउन हामी लागेका छौँ । अहिलेसम्मकै राम्रो र सरल डिभाईडर पनि यसको काम रफ्तारमा भईरहेको छ । भिजिट २०२० पनि आईसकेको छ । यसलाई सुन्दर बनाउन नागरिकले पनि भुमिका निर्वाह गर्नपर्छ । बाटो क्रस गर्न आकाशे पुल बनाउने कामको तयारी पनि सुरु भएको छ । हामीले सार्वजनिक शौचालय पनि निर्माण गर्न सुरु गरिसकेका छौँ । थप ३ वटा शौचालयको डिपिआर तयार भएको छ । चोकमा,मकालु र खड्कुले पुलका्े अगाडी चाँडै नै बनाउन लागिरहेका छौँ । कलंकीलाई सहज बनाउन मैले पिकअफ ड्रपको अभ्यासलाई पुर्णत लागु गराएको छु । यो अभ्यास गरिएन भने अण्डर ग्राउण्डले मात्रै हुँदैन । सवारी सवै चोकमा थुप्रिएपछि कसरी जाममुक्त हुन्छ ? यो अभ्यास गर्दा मलाई दवाव पनि आएका थिए । तर मैले सवारी आवागमनलाई सरल बनाउन दवावलाई ख्याल गरिन ।

२ लाख ५० हजार लिटरको पानी ट्याङकी निर्माण

१४ नम्बर कै एल आर आईमा २ लाख ५० हजार लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ । प्रदेश सांसद अजयक्रान्ती शाक्यको सहयोगमा वडाको पहलमा पानी ट्याङकी निर्माण भएको छ । जसबाट झण्डै ७ सय भन्दा बढी घरपरिवार लाभान्वित हुनेछन ।

वडामा घर भाडामा एकरुपता आएन, घरबहाल कर पनि घरबेटीले तिरेनन् भन्ने गुनासो छ नी

यो विषयमा म गम्भिर छु । व्यापार भएन भने त कर कसरी लगाउने ? यो समस्या न्युनिकरण गर्न म आफै लागि परेको छु । यो बेथिती अव रहदैन । जनतासंग उठाएको कर जनताकै सेवामा लगाउने हो । महानगरपालिकामा २५ बर्षअघिदेखि नै व्यावसाय दर्ता गरेका छन भने त्यतीबेलै देखी बहाल कर बुझाउने भन्ने नियम थियो । म एउटा सहकारीकर्मी पनि हुँ । यो भनेको सवैलाई लागु हुन्छ । यो व्यापारीलाई पनि लाग्छ, सहकारीकर्मी लाई पनि लाग्छ, स्कुललाई पनि लाग्छ, यो त सबैलाई लाग्छ । यसमा कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन । मैले खोजको अनुरुप पनि हुदैन । हाम्रो घरबहाल करको कुरा गर्दा आधार बर्ष भनेकै २०७२/२०७३ हो । त्यसभन्दा अघिको तिर्न पर्दैन । यसमा हामीले नितिगत निर्णय नै गरेका छौँ ।

भुकम्पपछि सांस्कृतिक सम्पदा संरक्षण के गरिरहनु भएको छ ?

१४ नम्बर वडामा पुरानो सम्पदामा कुलेश्वर महादेव मन्दिर, कलंकी मन्दिर हरु रहेका छन । कलंकी मन्दिर त बाटोमै छ । त्यसमा रंगरोगन, गहनाको सुरक्षाको लागी सेफ बनाउन बजेट दिएको थिए । नियमित मर्मत सम्भारको लागी आवशयक बजेट छुट्टाएको छु । तपाईले सही विषय उठाउनु भयो । कुलेश्वर महादेव परिसरमा बुद्ध विहार पनि छ, त्यहाँ मङखाखला पनि छ । संगै पाँच छ ओटा मन्दिरहरु रहेका छन ।

व्यक्तिगत अथवा छुट्टाछुट्टै लागेर सम्पदाको संरक्षण हुन सक्दैन भनेर अब सबैलार्य एकिकृत गर्न मैले पहल गरेको छु । जसमा म आउनु भन्दा पहिले पाँचवटा समिती थियो । तर मैले त्यसलाई एउटा मुल समिती बनाइएको छ । जसको संरक्षकमा वडा अध्यक्ष रहेको छ । अध्यक्ष बालगोपाल दाई हुनुहुन्छ । सवै धर्म/संस्कृतीको समितीको तर्फबाट एक/एक जना राखिएको छ । अहिले सहरी विकासको सहकार्यमा विस्तृत योजना प्रतिवेदन बनाईएको छ । वाल लगाउने, ढुंगा छाप्ने, हरियाली बनाउने र सिंगो पार्कसहितको मन्दिर परिसर बनाईने छ । त्यसमा नेपाली कला झल्किने छ । शिवको मन्दिर बनाउने, भजन कृतन गर्न आवश्यक व्यवस्था गर्ने ।

काठमाडौँको मुल नाकको रुपमा रहेको कलंकीमा लागुपदार्थ किनबेच,दुव्र्यसन सहितका गतिविधि बढिरहेका छन यसलाई रोक्न के गरिरहनुभएको छ ?

वडाले गर्ने भनेको प्रहरीलाई झकझक्याउने नै हो । हुन त नागरिक पनि विना बर्दीका प्रहरी नै हो । सवै मिल्नुपर्छ । प्रहरी एक्लैले मात्रै सक्दैनन् । सबै मिल्नुपर्छ । जनतापनि प्रहरी जतिकै खट्नुपर्छ । हामीले साझेदारी कार्यक्रम गरिरहेका छौँ । अहिले नयाँ आउनुभएको प्रहरी प्रमुखसंग पनि मैले सहकार्य गरिरहेको छु । होटलहरुमा यस्तो भएको मैले पाएको छु ।

हामी एकचोटी औषधी पसलमा पनि अनुगमन गरेको थियौँ । प्रहरी, नागरिक समाज र सरोकारवालासहित हामीले सबै अनुगमन गरिहरको छौँ । जनप्रतिनिधिको रुपमा मैले सवै सोचबुझका साथ नै गरिरहेको छु । एक/दुई वटा औषधी पसमा हामीले निगरानी राखेका छौँ । ति पसमा त्यस्तै किसिमका सामान किनबेच हुन्छन भन्ने सुनेको छु ।

अवको तिन बर्ष पछाडी कलंकी वडा नम्बर १४ लाई कस्तो रुपमा पाउछौँ ?

सवैभन्दा पहिले काम गर्नको लागी सुविधासम्पन्न भवन चाहिन्छ । हामीमा बस्ने ठाँउको नै अभाव छ । काम गर्ने वातावरणको लागी भौतिक सुविधाको विषय जोडिन्छन । एउटै कोठामा अहिले चार पाँच जना कोचिएर काम गरिरहनु भएको देखिरहनु भएको छ । त्यही भएर मैले सबैभन्दा पहिले आफ्नो भवन बनाउन लागे । आगामी असोज १० गते चारतले भवनको काम सुरु हुँदैछ । त्यो पनि दु्रत गतिमा । मान्छेले भन्थे ६ करोडको लागतमा बन्न लागेको भवन ४ करोडको टेण्डरमा हाल्यो यो बन्दै बन्दैन भन्थे, केशव स्थापितको पालामा पनि यो चारचोटी स्थगित भएको योजना हो । शोभाले कहाँ बनाउन सक्छ भन्थे । मैले म सक्छु भन्ने आँटले सुरु गरे । महिलेले जे सोच्छन त्यो गरेरै छाड्छन भन्ने उदाहरण पनि हो यो भवन निर्माणको योजना । ४२ सालदेखि वडा कार्यालय त कुकुरले बच्चा सारेको जस्तो सार्नु परेको छ । मैले चुनाव जित्ने बितिकै यो सोच प्राथामिकतामा राखेको थिए । समयअगावै यो भवन निर्माण सकिन्छ । भवन बनाउने तयारी हुँदैगर्दा उच्च अदालतमा मैले मुद्धापनि खेँपे । वडाले मुद्धा जित्यो । अन्तत भवन बनाउने काम अघि बढ्यो ।

अन्य के छन योजना ?

म अनलाईन प्रणालीमा वडालाई लैजादैछु । भवनपनि शानदार बन्छन । अपाङगमैत्री बन्छ । लिफ्ट हुन्छ । सुविधासम्पन्न भवनमा सवै किसिमका सेवा सहज र सरल बनाउने दृढता म संग छ । अवको ६ महिनाभित्र हामी आफ्नै भवनमा सरिसकेका हुन्छौँ । दशैँसम्ममा पैसा तिर्नको लागि पनि म सहज बनाउदै छु । अव भौचर लिएर आए हुने बनाउछु । नविल बैँकमा पैसा जम्मा गरेको भौचर ल्याएपछि वडाका बाँकी काम अघि बढ्ने बनाउछु । त्यसपछि वडामा पैसाको झन्झट सकिन्छ । त्यसपछि मेरो वडाको आफ्नै भजनपश्चात पुरै अनलाईनमैत्री वडा बनाउनुछ । जवकी तपाईले आफ्नो बिहे दर्तासमेत घरमै बसेर गर्नसक्नु हुनेछ । मेरो वडालाई म नमुना बनाएरै छाड्छु । मेरो यो अठोट भयो ।

साँढे दुई किलोमिटरको करिडोर

मेरो अर्को योजना भनेको साँढे दुई किलोमिटरको करिडोर निर्माण पनि हो । अहिले गत साउनमा गएको बाढीले यहाँका जनता आजित भए । दुख पाए । धेरै ठुलो क्षती यहाँको जनताले व्यहोर्नु पर्यो । अव जनता सचेत भएका छन । ओरियन्टल कोलेनीले हामी त बाटो छोड्दैनौँ करिडोर खोल्दा भनेका थिए । उनिहरुले भन्नु स्वभाविकै हो । उनिहरुको नाममा जग्गा छ । ओरियन्टलसहित भाटभटेनी र अन्य स्थानीयले सुरुमा विरोध गरेका थिए तर अहिले उनिहरु भन्छन–हामी अव रोक्दैनौँ । हाम्रो पर्खाल बलियो बनाउन पर्यो करिडोरको काम अघि बढाउनुस । बाढी पस्यो दुख पायौँ । अव हामी सहयोग गछौँ । अव हामी दशैँको आसपासमा ठुलो भेला राख्छौँ । यो करिडोर खड्कुलेको पुलदेखि बर्नहार्ट कलेज सम्म यो करिडोर निर्माण हुन्छ । यी ठाँउसम्मको दाँयाबाँया पुरै हामी करिडोर बनाउछौँ । केही त खोलिदै पनि छ । भाटभटेनीले पनि हामीलाई सहयोग गछौँ भनेको छ । त्यहाँका सञ्चालक मिनराज गुरुङलाई वडामै बोलाए । उहाँलाई करिडोर बनाउदा म पुरै सहयोग गर्छु भन्नुभयो । अव मेरोबाटै सुरु गर्दापनि समस्या छैन भन्नुभएको छ । अव सबै सहयेग गर्ने पक्षमा हुनुहुन्छ । पहिले विरोधमा उत्रिएका सवै करिडोर कहिले खोल्ने भन्दै हतार गर्न थाल्नुभएको छ ।
जनप्रतिनिधिमा भिजन चाहिन्छ आँट्नुपर्छ सकिन्छ

एउटा उखान छ–बोकेको कुकुरले मृग मार्दैन । कसैले काम गर भनेर हुने होईन । भित्रैबाट काम गर्ने सोच आउनुपर्छ । तैले गर भनेको आधारमा काम बन्छ ? ल एउटा कार्यक्रममा जाँउला,त्यहाँ बोल्नुपर्छ यो–यो बोल्नु है भन्देलान । त्यहाँ अर्कै वातावरण छ भने त त्यही अनुसार बोल्नुपर्यो नी त्यो घोकेर गएर हुन्छ त्यहाँ ? त्यसैले म जहिल्यै पनि के भन्छु भने जनप्रतिनिधि भनेको भिजनेरी नै हुनुपर्छ । केही गर्छु भन्ने सोच बोकेको हुनुपर्छ । समय अनुसार चल्न पनि सक्नुपर्छ । समय अनसरा हामी चल्न सकेनौ भने हामी असफल हुन्छौँ ।

७० सालदेखि बिगे्रको बुद्धमार्गको फाईल महानगरमा ढुंडी लागेको अवस्था

बुद्धमार्गको बाटो ७० सालदेखि बिग्रेको बाटो । त्यहाँको फाईल महानगरमा ढुंडी लागेको अवस्था । सातआठ बर्षसम्ममा त फाईल ढुंडी लाग्छ नी । भेटिएन् फाईल । महानगरमा दराजको साँचो खोसेर फाईल खोजे । सडक छ आफ्नै घर अगाडी । अगाडी अस्पताल छन, बिद्यालय छन । बाटो त्यस्तो छ । मलाई त बत्ती मुनिको अध्याँरो भएन ? मैले यो दुई बर्षमा झण्डै १६ करोडको काम गरे । मेरो ३ करोड आउछ सिलिङ बजेट । अरु मैले महानगरबाट थप माग गरेर ल्याए । बालबच्चा,बटुवा,डाक्टर त्यही बाटो भएर आउने । अनि म आफै महानगर गएर त्यही ठेकेदारसंग कुरा गरेर काम अघि बढाए । उसलाई यदी काम नगरेको खण्डमा कालो सुचीमा राख्ने चेतावनी दिएर बाटो बनाउन कडा निर्देशन गरेपछि बुद्धमार्ग पनि बन्यो । सबैको मेहनतमा बाटो बन्यो । नेतृत्व पो मैले गरे त । हो विकासमा जनप्रतिनिधि एक्सन ओरेन्टेड हुनुपर्छ । म आफै पनि महानगरको वित्त विभागको प्रमुख हुँ । त्यसैले पनि बजेटको सवालमा मैले केही आँट गरेकै हो ।

अब गिता पञ्चाकतर्फ पनि बाटो विस्तार गर्दैछौँ हामीले । त्यो बाटो ८/९ फिटको थियो अव १३ फिटको बनाउने तयारीमा छौँ । यता कृष्ण मन्दिरतिरको बाटो पनि लाम्पाटीमा जोड्ने र स्तरोन्नती गर्ने तयारीमा छौँ । एल आर आईमा पनि दुई फिट बढ्दैछ । अहिले पानी परेर कालोपत्रे रोकिएको थियो । अव पानी रहेपछि त्यहाँपनि काम सुरु हुन्छ । काम गरेपछि गरिस त ? भन्दा गरेँ भन्ने होईन । काम गरेपछि पक्का गर्नुपर्छ । कुलेश्वरको गौतमश्री देखि लिकमार्गसम्म पनि काम हुँदैछ । अहिले १ करोड ७५ लाखमा टेण्डर पारको छ । अव पानीको काम सम्पन्न भएपछि सडकको काम सम्पन्न गर्ने तयारी हुँदैछ । यो वडालाई महिलाले नेतृत्व गरेको नमुना वडाको रुपमा म विकास गर्न लागेको छु । मेरो अर्को मिसन १४ नम्बर वडा भ्रष्ट्रचारमुक्त वडा बनाउने पनि हो । यसमा म दत्तचित्त भएर लागेको छु । महिलाले काम गर्न सक्दैनन् भन्नेलाई मैले काम गरेर देखाउनु छ । कसैले वडामा यस्तो भयो भनेर हावामा प्रचार गर्न खोज्छन । म भन्छु–,यतिकै भनेर लाग्दैन, खाएको कुरा लुक्दैन, भन्ने कुराको मैले ख्याल गरेकी छु ।

प्रस्तुती : राज ढुंगाना

ताजा अपडेट

खोजी गर्नुहोस