जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ ।
रौतहट बसाई कस्तो रहेको छ ?
रौतहट आएको सय दिन मात्र पुगेको छ । यस अवधिमा हामीले के–के गर्यौ ? भर्खरै सार्वजनिक गरेका छौ ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि छ सार्वजनिक गरिएका छन । नेपालमा सबैभन्दा मुस्लिम बसोबासको हिसाबले , शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चुनौति छ । जिल्लाका कुन–कुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरेपछि रिजल्ट पनि देखिएका छन । स्वच्छ निष्पक्ष, दवावरहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनौतिलाई सहर्ष स्विकार्दै चुनौतिको सामना गरेर आगाडी बढेको छु ।
रौतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ, यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?
तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । रौतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आईसकेपछि त्यतो लाग्दैन । तर केही चुनौति पक्कै पनि छन । रौतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी घटनाबारे भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षासंग जोडेर समाचार सम्प्रेषण गरिन्छ । शान्ति–सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षासंग जोड्न सकिन्छ । रौतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेट भएको , सुरक्षा चुनौति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे भने रौतहट बाहिरबाट बुझेको जस्तो रौतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटनाक्रमलाई हेर्ने हो भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनौति हुने खालका घटना घटेको छैन ।ठुलो चुनौति तथा नाकारात्मक रुपले सोच्नुपर्ने अवस्था अहिलेसम्म आएको छैन ।
पुलिस हेडक्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा रौतहटलाई लिने गरेको सुनिन्छ । तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ?
आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहाँ पनि पैसा कमाउन सक्छन । तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलिचोरी हुने ठाँउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझ्न सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यस अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन । तस्करी ,मुद्दा मामिला वा गिट्टी बालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फलस्वरुप त्यसको रिजल्ट पनि दिन थालिसकेका छन । हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।शतप्रतिशत रोक्न त गाह्रो होला । तर कार्यालय प्रमुखले चाह्यो भने त्यसलाई धेरै हदसम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई रोक्नका लागि हामिले भन्सार चोरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राजश्व वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खोजिएको छ । सफल अनुसन्धान भनेर के बुझने ? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?
जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भोलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गईसकेपछि करेक्सन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ । यस आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौँ । घटनाको बारेमा सबै कुरा बाहिर आईसकेका छन । संलग्न व्यक्ति पक्राउ परिसकेकालाई सफल अनुसन्धान भन्छौ ।
न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनौ निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?
मैले महसुस गरेको र तपाईंले बझेको कुरा एकदम सहि हो । यस प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राखदिने चलन समान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्महत्या गरे भने त्यसमा उसको श्रीमानको साथसाथै सासू–ससुरा , देवर,देवरानी जेठाजु,जेठानी नन्द लगायत घरभरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ । त्यसमा मेरो पहिलो प्रयास के हुन्छ भने तपाईले बुझे जस्तै मेरो ध्येय के हुन्छ कि सयौँ अपराधी प्रमाण अभावमा नछुटोस तर एउटा पनि निर्दोष मानिस नफसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सांसद भएको नगर प्रमुख भएको व्यक्तिको दवाव मुद्दा चलाउनैका लागि आउने गर्दछन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परिसकेपछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेको छ। त्यसको संलग्नता छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरेका छौँ । कुनैपनि निर्दोष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा नपरोस भन्ने हिसाबले हामी काम गरिरहेका छौ ।
(महिला तथा बालबालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ, तर जिल्ला प्रहरी रौतहटमा भिडभाड अचेत आएको बढी उजुरी उहाँहरुकै बढी छ । यसलाई यहाँले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन ?
महिला बालवालिका अत्यन्तै संवेदनशिल हुन्छन । महिला र बालवालिकालाई राज्यले पनि विशेष ग्राहयता दिएको छ । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरिरहेको हुन्छ । हाम्रो युनिटहरुमा महिला बालबालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहेको छ । महिला वालवालिकाको कर्तव्य ज्यान वा बलत्कारका केश भयो भने अर्को शिर्षकबाट हेरिन्छ ।
महिला बालवालिकाको बढी केश कस्तो हुन्छ कि घरेलु हिन्सा, यौन दुर्व्यवहार , परिवारिक हिंसा ,शारीरिक मानसिक यातना दिने कार्य । यो कहाँबाट भएको हुन्छ भने घरको श्रीमान ,सासू–ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानूपर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ ।
तर अन्य मुद्वाको हकमा आफुले चाहे जस्तो प्रगति हुदैन । महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ ।
मिटर व्याजि बारे के बुझ्नु भएको छ । यसमा पनि प्रगति भएको देखिएन किन ?
रौतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाँच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजिमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि भन्ने हिसावले पनि मुद्वा आएका छन । यी सवै कुरालाई हेर्न आएको अनुचित लेनदेनको कानुनले कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आईदिदैन । यसको अलवा के गर्छौ भने मिलापत्र गराउने छलफल चलाउने गछौँ । सहज केश छलफलको आधारमा टुगिएका छन । जुन केस छलफलको आधारमा टुंगिदैन । केही केस नमिलेर प्रगति कम भएको हो ।
मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्ध्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन र ?
कम्तिमा पैंतालीस जनाले त न्याय पायो नी । केही कानुनी समस्या होला, केही व्यवहारिक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहिँ होईन । हामीले निरन्तर प्रयास गरेका छौ । मुद्वालाई प्राथमिकता निर्धारण गरेका छौँ । सहज मुद्वा,निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्याएर छलफल गरिरहेका छौ ।
तपाईं रौतहट आउनासाथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भठ्ठी तोडने लगायतका प्रतिवद्वता गर्नुभएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनुहन्छ कि कम्प्रमाईज गरेर काम भईरहेको छ ?
मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरेँ कि गरिन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ। तपाईले सुन्नुभएका जानकारी लिनुभएका जति कुरा छन । त्यसबाट पनि अनुमान लगाउन सक्नुहुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।
आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निष्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन पिडितले न्याय पाओस । सेवा पाओस भन्ने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरिरहेको छु । पहिले कति भिडभाड हुन्थे ? जिल्लामा विस्तारै भिडभाड घटदै छन । कुनै व्यक्तिले न्याय नपाएको गुनासो गर्ने अवस्था छ जस्तो मलाई लाग्दैन । मैले हरेक केसमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरिरहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्दछ ।
तपाईं आउनासाथ रौतहटमा तस्करी रोकिए, अब सरकार परिवर्तनसगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएको छ। अब तपाईं तस्करी रोक्न सक्नु हुन्छ ?
सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि, चोरी, तस्करी ,अपराध अपराधै हो । सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नुपर्छ भन्ने आवाज यदाकदा मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरिएको छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानूपर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नू भयो त्यही कायम रहन्छ । सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन । यसमा सरकार खोल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भईसकेको विषयलाई कसैले पनि गर भन्दैन । यसमा कसैले गलत मनसाय लिइ नराम्रो नगरोस भनि यसै मिडिया मार्फत सबैलाई अनुरोध पनि गर्न चाहन्छु ।
तपाईं एक जनालाई अलग राखेर बाकि तस्करी लाईन मिलाएको छ । भने सेटिङ्ग भएकोमा के गर्नुहुन्छ ?
सधै भरी बन्दुक लिएर बोर्डरमा तपाईको ड्युटी त हुदैन नी
जो चौकी ईन्चार्ज भएर गएका छन । उहाँहरुको आचारसंहिता बनाएका छौँ । त्यो आचारसंहितामा सिग्नेचर गराएर मात्र चौकीका ईन्चार्ज दिन्छौ । र म आफै पनि नेपाल सरकारले राजश्व चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव मार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगायतका काम निरन्तर रुपमा गरिरहेको छु । चौकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा ठाँउका ठाँउ कार्वाही गर्ने, प्रमाण देखिएन भने चोकी ईन्चार्ज हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । १५ वर्ष पहिलाको नेपाल प्रहरी र हालको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेकाछन । प्रहरीमा धेरै परिवर्तन भईसकेको छ । पहिलाको आँखाले होईन नयाँ आँखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ । जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ ।