नारायणगढ–मुग्लिन सडकखण्ड : समयमा काम सकिएन् , यसरी बढ्दैछ लागत !

Post Thumbnail

जेठ ९,नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

हालसम्म सडकको ८८ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म पहिलो खण्ड आँपटारीदेखि दासढुगांसम्म ८७ प्रतिशत, दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म ९६ प्रतिशत र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्म ८१ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ ।

तेत्तीस दशमलव २ किलोमिटर रहेको यस सडकखण्डको हालसम्म ३२ किलोमिटरमा पहिलो चरणको कालोपत्रे भइसकेको छ । सडक खण्डमा तीन चरणको कालोपत्रे हुने छ ।

२०७२ वैशाखमा २४ महिनामा सक्ने गरी यो सडक ठेक्का दिइएको थियो । जेठ १६ गते भित्र निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने गरी चौथो पटक समय थपिएको थियो । ३३ किलोमिटर सडकखण्ड निर्माणका लागि तीन वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

अन्तिम अवस्थामा फेरि निर्माण कम्पनीले समय अपुग भएको भन्दै थप समय माग गरेका छन् । तोकिएको समयमा काम सम्पन्न नभएका कारण आयोजनाको लागत मूल्य बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस