गैरसरकारी संस्थालाई कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ श्रावण २९, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २९,सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन ।

आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन ।

कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताए । कर्णालीको विकासमा सरकार र नागरिक सङ्गठनको साझेदारी आवश्यक भएको बताउँदै मन्त्री रावलले कर्णाली प्रदेश सरकार सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

मन्त्री रावलले कर्णाली प्रदेश सरकार नागरिक तथा मानवाधिकारमैत्री कानून बनाउन लागेको बताए । सङ्घीय कानूनलाई आधार मानेर कर्णाली प्रदेशको कानून बनाउन लागेको बताउँदै मन्त्री रावलले सरकारलाई रचनात्मक सल्लाह र सुझाव दिन सबै पक्षलाई आग्रह गरे । उनले सामाजिक न्यायसहितको समृद्धि कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस