साउन ३१,पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन ।
प्रदेशसभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले बुधबार प्रमाणीकरण गरेका हुन । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक ऐन बन्ने व्यवस्था रहेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एकप्रति पठाइएको छ ।