हेटौंडा-काठमाडौं सुरुङमार्ग: निजी कम्पनीसँग गरिएको सम्झौता खारेज गर्न मुख्यमन्त्री पौडेलको माग

Post Thumbnail

भाद्र ८,हेटौडा । प्रदेश ३ सरकारले हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको लागि निजी कम्पनीसँग गरिएको सम्झौता खारेज गर्न संघ सरकारलाई पत्राचार गरेको छ । निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)सँगको सम्झौता खारेज गर्न पत्राचार गरिएको बताए । अब भीम फेदीदेखि कुलेखानीसम्म ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ लाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन खोजिएको छ ।

यो कम्पनी नेपाल उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकमार जोशीको अध्यक्षतामा खोलिएको थियो । तर, सुरुङमार्ग बनाउन नसकिने भएपछि यसमा संस्थापक सेयर सदस्यहरुले जिम्मेवारी छाड्दै गएका छन् ।

अब निजी क्षेत्रले सुरुङमार्ग प्रदेश सरकारले बजेटमा भीमफेदी-कुलेखानी सुरुङमार्ग आफैंले बनाउने योजना ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस