सन्तोष सुवेदी
कार्तिक १५,धादिङ । धादिङको थाक्रे गाउँपालिकामा गुरु योजना निर्माणको काम सुभारम्भ भएको छ । अबको २० बर्षपछिको थाक्रे गाउँपालिकालाई कल्पना गर्दै प्रत्येक वडाबाट समस्या तथा योजनाहरु सुन्ने काम गरिने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले अनलाईन केन्द्रलाई बताए ।
गाउँपालिकालाई समृद्ध तथा उत्कृष्ट बनाउनको लागी योजनाहरु सुन्ने र त्यसको समस्टिगत रुपमा आएका कुराहरुलाइृ खाका बनाएर अगाडी बढ्ने बताईएको छ ।
११ वटा वडाहरु रहेको गाउँपालिकामा एकीकृत विकास रणनीति तयार गरि गाउँपालिका अघि बढिरहेको थाक्रे गाउँपालिका सदस्य कुमार बिश्वकर्माले बताउनु बताए ।
वडागत रुपमा गुरुयोजनाको लागि बुधवारबाट सुझाव संकलन अभियान वडा नं ६ को महादेववेसीमा एक कार्यक्रमका बिच सुभारम्भ भएको हो । कार्यक्रममा वडा नम्बर ६ अध्यक्ष पुर्णबहादुर कार्कीको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।