प्रदेश १ मा ‘टेलिकमदेखि घरसम्म फाइवर’ (एफटिटिएच) सेवा विस्तार

Post Thumbnail

असार ६,विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । ‘सूचना प्रविधिको विकासले आज विश्वलाई एउटै परिवारमा एकीकृत बनाएको छ । सूचना र प्रविधिकै कारण विश्वका ठूला देशहरु समृद्धि र विकासमा छलाङ मार्न सफल भएका हुन्,’ मुख्यमन्त्री राईले भने । यसको भरपुर उपयोग गगरेर समृद्ध मुलुक बनाउनुपर्ने उनको तर्क थियो ।

भ्वाइस र इन्टरनेट डाटा एउटै तारबाट प्रयोग गर्न सकिने खालको ‘टेलिकमदेखि घरसम्म फाइवर’ (एफटिटिएच) सेवा विस्तारका लागि शुक्रबार धनकुटामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । एफटिटिएच प्रविधिवाट जडित टेलिफोनबाट नेपाल टेलिकमको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँग कुराकानी गरेर सेवाको उद्घाटन गरेका थिए ।  कुराकानीमा अधिकारीले एफटिटिएच सेवालाई अझै गुणस्तर र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले डिजिटल नेपाल बनाउने सवालमा नेपाल टेलिकम यतिबेला सक्रिय रहेको बताए । उनले मुख्यमन्त्री राईलाई आफ्नो टिमलाई एफटिटिएच सेवा विस्तारको लागि गरेको सहयोग र सहकार्यको लागी धन्यवाद समेत व्यक्त गरे ।

यस्तो सेवा धनकुटा नगरपालिकाको ६ र ७ नं. वडामा विस्तार भएको छ । २०७६ साल भित्र जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको नेपाल टेलिकम धनकुटाकाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस