पौष १८, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्गो लगाउन आगामी २२ पुसको प्रदेशसभा बैठकमा मतदान हुने भएको छ । प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस २१ गते बस्ने प्रदेशसभा बैठकमा लैजाने अजेन्डा तय गरेको छ ।
बैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने र राजधानीका विषयमा पुस २२ गते चुनाव गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । यस अघि प्रदेश नम्बर ३ को नाम बागमती र स्थान हेटौाडा नै राख्न नेकपाले निर्देशन दिएको थियो । अबको मतदानले यसको टुङ्गो लगाउनेछ ।