माघ ४, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय र स्थानीय सरकारबीच समन्वय नहुँदा प्रदेशको अस्तित्व धरापमा परेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले शुक्रवार हेटौंडामा गरेको विकास र समृद्धिमा अन्तरतह समन्वय विषयक कार्यक्रममा उनले संघीय सरकारले प्रदेशले बनाएको कानून पूर्ण रूपमा लागू गर्न नदिएको र स्थानीय तहले प्रदेश सरकारलाई बेवास्ता गरेको बताए ।
मुख्यमन्त्री पौडेलले समन्वयकै समस्याले ढुंगागिट्टी, बालुवा र अवैध क्रसरलाई नियन्त्रण गर्न नसकिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।