माघ ७, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले हेटौंडाको चौकीटोलदेखि राप्तीपुल सम्मको पाइलट ट्र्याकको स्थलगत निरीक्षण गरेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माको नेतृत्वको प्राविधिक टोलीले सोमवार निरीक्षणका क्रममा उक्त ट्र्याकलाई वैकल्पिक राजमार्ग बनाउन उपयुक्त भए नभएको बारेमा अध्ययन गरेको छ ।
पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गरिरहेको सडक निर्माणको लागि ठाउँ उपयुक्त भए पनि प्राविधिक मूल्यांकन गलत भएको महानिर्देशक शर्माले बताए । निरीक्षणका क्रममा सडकको प्राविधिक नक्सा नै गलत भेटिएको उनको भनाइ छ ।