‘ढुक्क रहनुहोस्, टरिगाउँ एयरपोर्टको स्तरवृद्धि हुन्छ, यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ

Post Thumbnail

माघ ११,तुलसीपुर। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमालस्थलको स्तरवृद्धि हुने बताएका छन ।

तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न सरकारले बजेट विनियोजनसमेत गरेको बताए ।

‘टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि तपाईँहरुले बढी जोड गरेको पाइयो’, उनले भने, ‘ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ ।’

हाल रहेको सातसय ५० मिटर धावनमार्गलाई बिस्तार गरेर साढे १२ सय बनाउने गरी आफूले पहल थाल्ने उनले बताएका छन ।

साथै एयरपोर्टमा अस्थायी ईन्धन डिपो स्थापनाकालागि नेपाल आयल निगमसँग पनि सम्झौता भइसकेको मन्त्री भट्टराईको भनाइ थियो । ।

‘ईन्धन डिपोका लागि नेपाल आयल निगमले जग्गा माग गरेको थियो’, उनले भने, ‘हामीले जग्गाका लागि सम्झौता गरिसकेका छौँ, अबको केही समयमा त्यहाँ ईन्धन डिपो स्थापना हुन्छ ।’

मन्त्री भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भएको भन्दै अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताए ।

घोराहीमा भएको महोत्सवको उदघाटन गर्दै उनले देशमा अहिले भारतबाट विद्युत किन्नुपर्ने अवस्था रहे पनि अबको एक वर्षपछि नेपालबाट भारतमा विद्युत बिक्री गर्ने तयारी रहेको समेत बताएका छन।

आउँदो वर्षदेखि नेपालको केन्द्रीय लाइनमा एकहजार मोगावाट विद्यतु थपिन लागेको उनले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस