मकवानपुरबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद

Post Thumbnail

माघ १६, काठमाण्डौ । मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ । बिहीबार बिहान मनहरीबाट हेटौडा जाँदै गरेको बा ३ च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीमा खटिएको प्रहरीले पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।

गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको २१ वटा पोकामा गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । पिकअपका चालक बारा पर्सौनी गाउँपालिका–६ का २८ वर्षीय को रामजी साह तेली र बारा अदर्स कोतवाल गाउँपालिका–२ का ३० वर्षीय प्रेम पटेल पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा कारोबार, ओसारपसारमा संलग्नलाई दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अफिममा १५ देखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस