बैशाख ३,काठमाडौँ । धुनिवेशी नगरपालिकाले ‘लक डाउनको’ कारण यातायात र बजारको अभावले कृषकहरुका कृषि उपजमा भएको क्षतिको लगत संकलन गर्ने भएको छ ।
धुनिवेशी नगरपालिका धादिङ जिल्लाकै तरकारी उत्पादनको प्रमुख क्षेत्र मध्ये पर्दछ ।
कृषकहरुले खेत बारीमा लगाएका काउली, बन्दा, गोलभेडा जस्ता ताजा तरकारीको क्षतिको विवरण संकलनका लागि नगरपालिकाले कृषि शाखा मार्फत लगत संकलन गर्ने भएको हो ।
नगरले कृषकहरुलाई उनिहरुको बास्तविक क्षतिको विवरण उपलव्ध गराइ सहयोग गरिदिनका लागि समेत आग्रह गरेको छ ।
हालसम्म कृषकहरुका लागि कस्तो किसिमको राहत उपलव्ध गराउने भन्ने निर्णय भइनसके पनि हाल क्षतिको यकिन गर्न सकिएमा आगामी दिनमा कृषकहरुका लागि प्रदान गरीने सेवा सुविधा सोहि अनुरुप गर्न सकिने नगरपालिकाले जनाएको छ ।
क्षतिको विवरण टिपाउनको लागि नगरपालिकाले कृषि विकास शाखाका प्रमुख सन्तोष खड्कालाई तोकेको छ । जसका लागि कृषकहरुले सन्तोष खड्काको मोवाइल नम्वर ९८५११४९९६३ मा सम्पर्क गर्न सक्नेछन् ।