जेठ २०,मोरङ । जिल्लाको बेलबारी–२ मा जनयुद्ध सग्रहालयको शिल्यान्यास गरीएको छ । जनयुद्ध स्मृति प्रष्ठिान नेपाल बनाउन लागेको सग्राहलयको मगलवार शिल्यान्यास गरीएको छ । संग्रहालय निर्माणका लागि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आठ बिघा जमिन दान गरेपछि उक्त जग्गामा संग्रहालय निर्माण कार्य सुरु भएको हो ।
संग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने जनयुद्ध प्रष्ठिान नेपालका अध्यक्ष शावित्रि कुमार काफलले बताए ।संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने छन । गरिव आसायहरुलाई रोजगारी तथा प्राविधिक शिक्षामा समेत अगाडि बढाउने प्रष्ठिानका उपाध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पार्कसहितको पर्यटकि क्षेत्रको समेत बिकास गरीने उनले बताए ।
संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने जनयुद्ध प्रतिष्ठान नेपालले जनाएको छ । सग्रालय सगै पार्क समेत निर्माण गरिने जनाइएको छ ।
सग्राहालयको शिल्यान्यास प्रष्ठिानका अध्यक्ष काफले, नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेत र मेयर सुवेदीले सयुक्तरुपमा गरेका थिए । केहि महिना अघि प्रष्ठिानको टोलिले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड लाई समेत जानकारी गराएका थिए ।