जूमबाट भर्चुअल अन्तर्वार्ता लिने निःशुल्क कार्यशाला प्रदान

Post Thumbnail

दिपु बर्णवाल                         

भाद्र १०, विरगञ्ज । जेनेस सलुसनले पत्रकारहरुलाई जूमबाट भर्चुअल अन्तर्वार्ता लिने निःशुल्क कार्यशाला प्रदान गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनले पत्रकारिता जगतमा पनि असर पुर्याएकोले र घर, अफिसमा बसि पुर्णरुपमा सुचनाको हकमा सुचना प्रवाह गर्न गाह्रो भएको बेला भौतिक रुपमा यात्रा गर्न अप्ठारो अवस्था सिर्जना भएको बेला पत्रकारहरुलाई भौतिक अन्तरवार्तालाई भर्चुअलमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने हिसाबले यो कार्यशालाको आयोजना गरिएको जेनेस सलुसनका ग्लोबल जिटिओ अञ्जनि फुँयालले बताए । बढ्दो कोभिड १९ रोकथामका लागी सजिकरण र समाजमा निरन्तर विचार विमर्श चल्नुपर्छ भन्ने फुँयालको भनाई थियो।

पत्रकारहरुलाई यात्रा गर्न आई.डि कार्डको कारण सहज भएपनि “कोरोना” ले सो आई.डि कार्ड नदेख्ने र सबैजना सुरक्षित रहनुपर्ने बेला भएकोले सकेसम्म भर्चुअल लिन मिल्ने अन्तर्वार्ताहरु भर्चुअल नै लिन प्रोत्साहन गर्दै यो कार्यशालाको आयोजना गरिएको फुँयालले बताए। कार्यशालामा दैनिक पत्रिकाका पत्रकार देखि अनलाईन पोर्टलका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा प्रस्तुत गरिएका मुख्य विषयहरुः
· जुमको ईतिहास, यसको वर्तमान बजार
· जुममा कसरी अन्तरवार्ता रेकर्ड गरेर, डाउनलोड गर्न सकिन्छ
· कार्यक्रममा अनावश्यक ह्याकरहरुलाई रोक्ने विधि
· ठुलो वेबिनार गर्दा कसरी व्यवस्थित गर्ने
· जुममा ४० मिनेटको समयावधि बारे

धेरै जस्तो पत्रकारीता जगतमा जुमसँग परिचित रहेको तर कसरी अन्तरवार्ता लिने भन्ने प्रश्न साथ उपस्थित हुनु भएको थियो । जसको लागि गिर्ल्स इन टिच कि सृष्टि श्रेष्ठले जुममा कसरी सुरक्षित रहेर कार्यक्रम गर्नेदेखि ब्रेक आउट रुमबारे व्यवहारिक रुपले सिकाइन् । कार्यशालामा सहभागी प्रथम २० जनालाई १ हप्ताको फ्रि लाइसेन्स अकाउन्ट पनि प्रदान गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस