धुनिवेशी नगर कार्यपालिकाको भवन धमाधम बन्दै, नगरप्रमुख आचार्यद्धारा अनुगमन

Post Thumbnail

मंसिर १०,धादिङ । धुनिवेशी नगरपालिकाको नगर कार्यपालिकाको भवन धमाधम बनिरहेको छ । गत कार्तिक १ गते शिलान्यास गरिएको भवनको अहिले बेस बनिरहेको छ । दैनिक २५ जनाभन्दा बढी इन्जिनियरसहितका कामदारहरु भवान बनाउन खटिएका छन् । नगरप्रमुख बालकृष्ण आचार्यले भवन तिव्र गतिमा बनाउन निर्देशन दिएका छन् । उनले गुणस्तरमा कुनै कमि हुन नदिन पनि निर्देशन दिएका छन् ।

भवन अनुगमनको क्रममा नगरप्रमुख आचार्यले आफु निर्माण पक्षबाट खुसी रहेको प्रतिक्रिया दिए । उनले भने–काम धमाधम भइरहेको छ,हामी तोकिएको समय भन्दा अगावै नगर कार्यपालिकाको भवन बनाउन प्रयत्न गर्नेछौँ । अनुगमनको क्रममा भवन निर्माणमा खटिएका इन्जिनियर सोनु कुमार महतोले अहिले पिसिसिको काम भइरहेको बताए । २५ एमएमको रडको प्रयोग गरेर र्याफ्ट ढलानको काम सकिएको छ ।

पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुनेछ । २ वर्षमा निमार्ण सम्पन्न गरिने उक्त भवनको लागत ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले बनाइरहेको छ। भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष, लिफ्टसहित हुनेछ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस