मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा सुमार्गी नियुक्त

Post Thumbnail

फागुन २९,हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापतिसमेत रहेका अरुणराज सुमार्गी नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न कार्य सम्पादनको सिलसिलामा व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने सरसल्लाह र सुझाव प्राप्त गर्न अवैतनिक सल्लाहकार र विज्ञ नियुक्तीसम्बन्धी कार्यविधि–२०७८ अनुसार नियुक्ती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालयलाई थप प्रभावकारी बनाउन विभिन्न सल्लाहकार नियुक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस