१. मागेर त हेर यो मुटु दाउमा राखीदिन्छु
पिडा अनि चोटको घाउमा राखीदिन्छु !!
मारे पाप पाले पुण्य तिमिलाइ हो सानुस
यो जीवन अब तिम्रो नाँउमा राखिदिन्छु !!
२. देख्दै देख्दैन भो गुण कत्ती यो बैगुनी दुनियाँ
वचन व्यबहारले रेट्छ खाली यो खुनी दुनियाँ !
के मिल्छ थाहा छैन अरुको खेदो खनेर बस्छन्
दिक्क लाग्छ गरेको देख्दा हुनि नहुनि दुनियाँ !!
३. गन्तव्य सहज परोस् पाइला यी भिरमा परेपनी
दुनियाँलाई हँसाउने चाहा छ म पिरमा परेपनी !
खुशी र सुखी देख्न पाँउ ईश्वर आफन्तहरुलाईस
बरु सहन्छु दैव चोटहरु उनिन झिरमा परेपनी !!
४. जनताले अब एउटा कुरा मनन गर्नुपर्छ
नेताहरूको भ्रष्ट बिचार हनन गर्नुपर्छ !
कतिसम्म लुटे देश भनेर पत्ता लगाउनुस्
यिनिहरुको कालो कर्तुत उत्खनन गर्नुपर्छ !!
५. अरे को मर्छ देशको लागिरुसबैले खाली गुनासा गर्छन्
तछाड मछाड गर्छन् नेताहरु, छिमेकीको आशा गर्छन !
भोट माग्दा देखाए जनतालाई, विभिन्न आश्वासनहरुस
सत्तामा पुगे बिर्सिन्छन् सबै,अनि अनेक तमासा गर्छन् !!
६ गयो जब उ छलेर गयो
मनको रहर जलेर गयो !
सिथिल भयो यो ज्यान
र बेहोसमा ढलेर गयो !!
७. एक अर्कामा माया र प्रेमको भाव भयो भने
सम्बन्धमा बिश्वास अनि लगाव भयो भने !
गाह्रो हुँदैन जिन्दगी र परिवार चलाउनस
आफ्नो कर्तव्यप्रति सबैको झुकाव भयो भने !!
८. दिन काट्ने मेसो सबैलाई रोचक कुरा भएको छ
फेशबुक भरि चर्चाको विषय हरियो चुरा भएको छ !
के अर्थ भयो मैले तिम्रो नाममा मेहेन्दी चुरा लाउनुस
जबकी तिम्रो वचन व्यबहार म प्रती छुरा भएको छ !!
९. दुख के हो थाहा भयो परदेश पसेपछि
धन कमाउने चाहा भयो परदेश पसेपछि !
गरिब हुँदा कठै नभन्ने आफन्त थिए
आज उनकै आहा भयो परदेश पसेपछि !!