१.यत्ति राम्री आजसम्म कतै देखे थिँईन
देखेँ जब भोक निन्द्रा खोसी लग्यौ किन ?
आजसम्म एक्लो हुनु तिमी भेट्नु रैुछ
कस्ती हौली डोली चढि घुम्टो ओढ्ने दिन
यत्ति राम्री………..
मुखै फोरेँ टेरिनौ कसम झन् के खानु
सबै भुल्छु तिमीमात्रै सम्झिन्छु छिन्छिन
पागल भएँ टोलाई रहेँ एकछिन भेट्दा त
नशालु हेराईबाट को सक्ला जोगिन
यत्ति राम्री……
देखेँ जब ……
नशालु………….
२.चञ्चलीको रुपै यस्तो अप्सरा हौ परी
भुल्छु भन्छु झझल्कोमा आऊँछौ घरीघरी
पराई भन्न मन मान्दैन
आफ्नो भन्न ठावै छैन
सम्झेपनि पाऊँदिन बिर्सौँ झन् कसरी
आफै भुल्छु……………..
मन मिलेसी रहर पुरा
किन चाहियो सिन्दुर चुरा
तब भयो छोड्पत्र बिहे नै नगरी
चञ्चलीको………
माया मागेँ पछि लागेँ तर्किएर गयौ
संसार ठान्थे आफ्नो मान्थे पराइको भयौ
तिम्रै कारण पढाई छोडेँ छोडेँथे नोकरी
तब भयो…………
चञ्चलीको………………