आगो बल्दैन चुलाभित्र !

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ भाद्र ५, मंगलबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मुक्तक-१

ओंठमा तिम्रो मुस्कान भए, मेरो मनको दु:ख भाग्छ
तिम्लाई कतै विपत् परे, पहिले जस्तै माया जाग्छ
सपनाभरी आइरन्छ्यौ, यादभरी सताइरन्छ्यौ
तिमी कसैकी भए पनि, अझै मलाई ‘उस्तै’ लाग्छ ।

मुक्तक-२

तिमी अगाडी परेपछि, पाइला आफै रुक्छन् मेरा
तिमीले हात दिए मात्र, बाधा अाफै फुक्छन् मेरा
यो मुटु तिम्रै राज्य भयो, छाड्दिएँ तिम्रै साम्राज्य भयो
तिम्रो नजर परे मात्र, अधर अाफै झुक्छन् मेरा ।

मुक्तक-३

निमेक गर्यो मरीमेटी, आगो बल्दैन चुलाभित्र
राज्यको न्याय सुविधामा, समता छैन तुलाभित्र
निमुखा सधै छलमा हुने, सम्पन्न सधै बलमा हुने
समस्या कहिले हल हुँदैन, रहस्य के छ र ‘ठूला’भित्र ?

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

ताजा अपडेट

खोजी गर्नुहोस