भाद्र ११, काठमाडौं । न्यूयोर्कस्थित नेपाल सरकारका वाणिज्यदूत तथा साहित्यकार कृशु क्षेत्रीको कृति ‘चराको गीत’ (कविता संग्रह) लोकार्पण सम्पन्न भएको छ।
लोकार्पण राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
साे क्रममा क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही कविताहरु वाचन गरेका थिए ।