ऊ
बिहानको झुल्के घामसँगै
मुस्कुराएका कलिला रहरहरु
सजाएका हजारौँ सपनाहरु
जुर्मुराएका अनगिन्ती चाहानाहरु
आखिर
त्यसै त्यसै बिलाएर जान्छन
तहस नहस हुनपुग्छन
आँधी हुरि अनि चक्रवात आइदिन्छ जिवनमा
झोलामा राहदानी च्यापेर फर्कन्छ ऊ
सिंहदरवारको गेट अगाडि
ऊ ठिङ्ग उभिएर सोचिरहन्छ
ठूलो जहाज चढेर जानुछ भोलि ऊ
सपनाको देशमा त्यो बिरानो देशमा
चिने जानेको अनि आफन्त कोहि हुनेछैनन त्यहाँ
हुनेछ त ककेवल
खाडिको त्यो पट्यार लाग्दो गर्मि
ती अपरिचित ब्यक्तिहरुको दुव्र्यवहार
सहन विवश हुन्छ ऊ सबै कुरा
आखिर हत्केलामा जिन्दगी राखेर
पसिना बगाउन विवश छ ऊ अर्काको देशमा
आमाको त्यो फाटेको चोलि फेर्नुछ उस्ले
बाबाका ती अनगिन्ती अधुरा सपनाहरु
थुपारिएको छ उस्को काँधमा
पृयसिको फाटेको मन पनि त
सिलाउँनुछ उस्ले
ती लालाबाला हरुको भोको पेट पनि त भर्नुछ उस्ले
सबै सबैको सपनाको संसार हो ऊ
एकमात्र आशाको किरण हो ऊ
अनि भरोसाको केन्द्रविन्दु
यदि सोचेजस्तो नभएर
ठिक बिपरित भैदियो भने
पैसा ल्याउँने त्यो बाकसमा
ऊ स्वयं आयो भने, झसङ्ग हुन्छ ऊ
र
फेरि सोच्न थाल्छ
देखेका सबै सबै सपना
पूरा हुन्छ्न भन्ने छैन
पूरा हुँदैनन भनेर
सपना नै नदेख्नु पनि त भएन
नियतिले होला आखिर
त्यो स्थिर धरहरा पनि त
गर्ल्याम्म गुल्टेको थियो
लिन त लियो उस्ले राहदानी
श्रीमतीको गहना
अनि
घर ,जग्गा धितो राखेर
र
जाँदैछ ऊ बिदेश
स्वयम् आफ्नो जिन्दगी धितो राखेर
-मुना खतिवडा