‘पानीमाथीका ओभानाहरु’ : गोम बिक्रम

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पानीमाथीका ओभानाहरु
मुक्तक -१

मलाई पनि पत्तो देऊ न, बढेकाछन् चाहाहरु
कारमा गुड्ने महल पुग्ने, बताइदेऊ न थाहाहरु
सुरक्षित भई रहने, सम्मानित रहीरहने
भलादमीका रुपमा देख्छु, आजभोलि फटाहाहरु ।

मुक्तक -२

आफू ठाउँमा नपुगुन्जेल, आदर्शका कुरा झिक्छन्
पदमा पुगे तिकडमबाजी, अनेक जालझेल सिक्छन्
राजनीतिको रसै यस्तो, सब्लाई पार्छ वशै कस्तो ?
सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा बिक्छन् ।

मुक्तक -३

तिम्रै हातमा डाडू पन्यू, जनता आशैमा बरा तिम्रा
जहाँ, जसरी चुसी राख्ने, गजब छ परम्परा तिम्रा
आफू र आफ्ना जोगाउने, अरुलाई सास्ती भोगाउने
मुलुक उजाड भइसक्यो, उखेलूँ कसरी जरा तिम्रा ?

मुक्तक -४

श्रृंङ्गार गर महँगा जति, सुन्दरतासितै दूरी भेटिन्छ
भलादमीको खोल ओढ, बगलीभित्र छुरी भेटिन्छ
सधै कति ढाँटिने हो र, भ्रमको डोरीमै बाटिने हो र ?
नियाली हेर्दा जता पनि, प्रवृत्ति सधै अासुरी भेटिन्छ ।
मुक्तक -५

साना पनि ठूलिंदै गए, पोषिला पाई दानाहरु
कोही कसैमा कमी छैन, अपनाउने तानाबानाहरु
झ्याङ्गिनुसम्म झ्याङ्गिएसी, आफूआफैमा नाङ्गिएसी
अचेल फूर्ति चर्कै देख्छु, पानीमाथिका ओभानाहरु

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

ताजा अपडेट

खोजी गर्नुहोस