साहित्यकार पौड्याललाई ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाडौं । चर्चित साहित्यकार तथा प्रखर समालोचक महेश पौड्याललाई ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’बाट सम्मान गरिने भएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको यस पुरस्कार समालोचक, अनुवादक, कवि, आख्यानकार एवम् बहुप्रतिभावान व्यक्तित्व पौड्याललाई दिइन लागिएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौड्याललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी उक्त पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ ।

विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका साहित्यकार पौड्याल सर्वाधिक रुचाईएका लेखकमध्येमा पर्दछन्।

दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे । यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिस्ठानले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस