सरोजको पहिलो उपन्यास ‘दिव्याञ्जली’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । । लेखक सरोज अर्यालको पहिलो उपन्यास ‘दिव्याञ्जली’ विमोचन भएको छ ।

शनिवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा एक कार्यक्रमकाबिच अर्यालको उपन्यास विमोचन भएको हो ।

दिव्याञ्जलीलाई समालोचक महेश पौडेल, साहित्यकार माया ठकुरी, बिएन पुस्तक संसारको सञ्चालक ठाकुर चापागाई, पूर्वगृह सचिव हेमराज रेग्मी, लेखक अर्यालको पिता खुमकान्त अर्याल र माता बिष्णु अर्याल र लेखकले संयुक्त रुपमा लोकार्पण गरे ।

कार्यक्रममा समालोचक पौडेलले लेखक पहिलो कृतिमा नै साहित्य क्षेत्रमा दमदार रुपमा प्रवेश गरेको उल्लेख गरे । भने, ‘प्रथम कृतिमा नै लेखकले धेरै कुराहरुलाई सजक अनि सहज तरिकामा प्रस्तुत गरेका छन् । उपन्यास प्रेममय छ ।’

आफुले पुस्तक स्वाद ग्रहण गरिरहदा लेखक विल्कुलै फरक चिन्तन र चेतन भएको भएको महसुस गरेको उनले उल्लेख गरे उनले थपे, ‘अरु प्रेमको कहानी भन्दा फरक साथै आकर्षक तरिकामा प्रेमको कथा समेटिएको छ ।’

पौडेलले उक्त पुस्तक कतै लुकाएर पढ्ने खालको नभएको उल्लेख गर्दै भने, ‘यो पुस्तक कुनै कुनामा गएर लुकेर पढ्नु पर्दैन । पाठकले सबैको अगाडि खुल्मखुल्ला पढ्न मिल्छ ।’

काठमाडौं, चितवन, स्याङ्जा, युरोप, अस्ट्रेलिया हुँदै स्विजरल्यान्डसम्म उपन्यासबाटै पुग्न सकिने उनले बताए ।

अतुल, दिव्याञ्जली र अञ्जली कथामा मुख्य पात्रको रुपमा रहेको उल्लेख गर्दै पौडेलले भने, ‘पात्रहरु सबै युवा समेटिएको छ । आफ्ना बालबालिकालाई रुचि अनुसारको शिक्षा दिनु पर्ने भन्ने अत्यान्तै राम्रो खालको कुराहरु किताबमा पाउन सकिन्छ ।’

साहित्यकार ठकुरीले किताबले युग बोलेको उल्लेख गर्दै भनिन्, ‘किताबमा युवा पुस्तामात्र पाएँ । साथै कथाहरु प्रेम नै प्रेमले भरिपूर्ण छ ।’

लेखकको प्रशंसा गर्दै ठकुरीले भनिन्, ‘अब प्रेमको भन्दा आश्रममा जीवन विताइरेहेका ती बृद्धा आमा-बुबा साथै कतिपय सडकहरुमा बोरा ओछ्एर चिसो रात कटाउन बाध्य रहेका सडक बालबालिकाको बारेमा उनीहरुको आवाज उठान गर्ने खालको पनि किताब लेख्नुस ।’

कार्यक्रममा बिएन पुस्तक संसारको कार्यकारी सञ्चालक सुर्य बिसीले स्वागत मन्तव्य राखेका थिए भने, लेखक अर्यालले आफुले लेखेको किताबको प्रति आफु भन्दा पाठकहरुबाटै प्रशंसा साथै कमजोरी सुन्ने बताए ।

बिएन पुस्तक संसारले बजारमा ल्याएको किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस