‘दिप्तीका’ विमोचन

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ माघ २७, आईतबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाडौं । नेपाल प्रहरी विद्यालयले प्रकाशन गरेको ‘दिप्तीका’ मुखपत्र आइतबार काठमाडौंमा विमोचन गरियो ।

प्रहरी विद्यालय सामाखुशीको २१औँ वार्षिकोत्सवका अवसरमा महानगरीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले सो मुखपत्रको विमोचन गरे। कार्यक्रममा सिंहले विद्यालयले समयसापेक्ष शिक्षा प्रणाली अवलम्बन गर्दै अनुशासन र नैतिक शिक्षामा प्राथमिकता दिनुपर्ने बताए। “प्रहरी विद्यालयको उच्च गुणस्तर अभिवृद्धिमा महानगरीय प्रहरी कार्यालयको सधैँ साथ र सहयोग रहन्छ,” उनले भने।

विद्यालयका प्राचार्य हरिशप्रकाश भट्टले सैद्धान्तिक शिक्षाका साथसाथै विद्यालयले व्यावहारिक शिक्षालाई जोड दिएको जानकारी दिए । महानगरीय शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले शिक्षाका साथसाथै विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्रिय बनाउनुपर्ने बताए। रासस

ताजा अपडेट

खोजी गर्नुहोस