निरन्तर शनिबारमा माेमिला

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ९, काठमाडौँ । ‘निरन्तर शनिबार’ नामक साहित्यिक श्रृङ्खलामा सम्पन्न भएको छ। वाल्मीकि विद्यापीठमा भएको यस साताको शृङ्खलामा अतिथिका रूपमा कवि माेमिलालाई निम्त्याइएकाे थियाे।

कविता वाचनअघि आफ्ना अनुभव र अनुभूति सुनाउने क्रममा कवि माेमिलाले आफ्नाे बाबाबाट कविता लेखनकाे प्रेरणा प्राप्त गरेकाे प्रसङ्ग काेट्याइन्। राम्रा कविता जुनसुकै विचारधारा वा वादमा आधारित भए पनि राम्रा हुने र विषय वा विचारले मात्र कविता सुन्दर नहुने विचार व्यक्त गरिन्।

साहित्यका अन्य विधामा पनि काव्य तत्त्व मिसिएर आएका रचना वा कृति अब्बल हुने उनको धारणा छ। साहित्यले जीवनलाई सकारात्मक ऊर्जा प्रदान गर्ने र समाजलाई सही दिशातर्फ डाेर्‍याउन मद्दत गर्ने भन्दै कवि माेमिलाले काव्य साधना आफ्नाे जिन्दगीकाे महान् अनुष्ठान भएकाे बताइन्।

मन्तव्यपछि उनले प्रेम, पीडा, प्यास र पानी, सूर्य समय, भीमसेन थापाकाे सुसाइड नाेट, परिवारकाे इप्सा स्मृति सडकबाट र नगरवधुकाे वक्तव्य गरी पाँच वटा कविता वाचन गरिन्। कार्यक्रममा पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, राम अविरल बिस्ट, मनाेज नेपाली, तिलक खुँजेली, रमेश बलामी, चन्द्रकान्त पाैडेल, महेश जाेशी, रत्नविरही घिमिरे, पदम दाहाल, ईश्वर थाेकर, पवन विक्रम परियार, केवल कार्की, छविरमण सिलवाल, साेझाे गाउँलेलगायतले पनि रचना वाचन गरेका थिए।

कार्यक्रमकाे अन्त्यमा संयाेजक डिल्लीराम सुवेदीले १३ वर्षअगाडि बन्दुकले वसन्तलाई प्रवेश निषेध गरेकाे बेला ‘निरन्तर शनिबार’काे जन्म भएकाे र अनेक उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेकाे स्मरण गर्दै एउटा कविता सुनाए।

ताजा अपडेट

खोजी गर्नुहोस