रोल्पामा राष्ट्रिय कविता प्रतियोगीता: प्रथम पुरस्कार ४० हजार

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौँ । रोल्पामा राष्ट्रिय कविता प्रतियोगीता हुने भएको छ । रोल्पा नगरपालिकाको आयोजनामा आगामी बैशाखमा दोस्रो राष्ट्रिय कविता प्रतियोगीता हुने भएको हो । आगामी वैशाखको १५, १६ र १७ गते रोल्पाको लिबाङ हुने ‘रोल्पा गुराँस साहित्य मेला–२०७६’ मा राष्ट्रिय कविता प्रतियोगीता पनि हुने भएको हो । विभिन्न सेसनमा ३ दिनसम्म सञ्चालन हुने उक्त साहित्य सम्मेलनका लागि अहिले भव्य तयारी भैरहेको छ ।

राष्ट्रिय कविता प्रतियोगीमा सहभागीता जनाउन चाहने सर्जकले देशभरीका सर्जकले सहभागीता जनाउन पाउाने छन् । प्रतियोगी कविले आफ्नो कविता आगामी बैशाखको ५ गतेभित्र पठाईसक्नु पर्ने आयोजकले जनाएको छ । कविता पठाउउँदा सर्जकले कविताका साथमा आफ्नो नाम, ठेगाना, इमेल र फोन नम्बर अनिवार्य उपलब्ध गराउनु पर्ने छ ।

कविता प्रतियोगीतमा प्रथम, द्धितीय, तृतीय हुने कविलाई क्रमशः ४०, ३०, २० हजार र प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । यस्तै प्रतियोगीतामा सान्त्वना स्थान हासिल गर्ने कविलाई १० हजारका साथमा प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

प्रतियोगीताका लागि प्राप्त भएका कविता मध्येबाट उत्कृष्ठ १० मा परेका कविलाई मात्रै अन्तिम प्रतियोगीतामा सामेल गराईने रोल्पाबाट कवि दीप दर्पणले जनाएका छन् । गत वर्ष रोल्पाको लिबाङमा पहिलो राष्ट्रिय कविता प्रतियोगीता सम्पन्न भएको थियो । प्रतियोगीतामा भाग लिन चाहाने कविहरुले आफ्नो कविता [email protected] मा मेल गर्नु पर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस