गजलकार स्पन्दन बिनोदका दुई कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’ लोकार्पण

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र १८,काठमाडौँ । गजलकार स्पन्दन बिनोदका दुई कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’ अनेसास नेपाल च्याप्टरको आयोजनामा प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा लोकार्पण भएको छ ।

बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा.घनश्याम परिश्रमी, प्रभाती किरण,बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगत प्रसाद उपाध्याय र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्रष्टाहरूले प्रवासमा रहेर पनि स्पन्दन बिनोदले साह्रै मेहेनत गरेर उत्कृष्ट बहर संग्रह र गैर बहर संग्रह निकाल्न सफल हुनु भएकोमा यस्तो उत्कृष्ट रचनाको हार्दिक स्वागत गरेका छन्। जो कोहिले पनि यो गजल संग्रहबाट गजल र बहर मात्र नभएर यसबारे महत्वपूर्ण जानकारी पाउन सक्ने कुरा जोड दिईएको थियो। कार्यक्रममा गजलकारहरूले स्पन्दन बिनोदका गजल संग्रहहरूबाट गजल सुनाएका थिए।

कार्यक्रममा अन्तराष्टिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका महासचिव सन्ध्या पाहाडीको अध्यक्षतामा बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस