यज्ञशको ‘भुइयाँ’ लाई आबुँखैरेनी वाङ्मय पुरस्कार

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख २, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २, गोरखा । आँबुखैरेनी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्ने आबुँखैरेनी वाङ्मय पुरस्कार यज्ञशको गैर आख्यान कृति ‘भुइयाँ’ लाई प्रदान गरिने भएको छ ।

सोमबार बसेको समितिको बैठकले छनौट समितिले सिफारिस गरेको कृति यज्ञशको ‘भुइयाँ’ लाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य कलाकार उत्तम केसीलाई हास्यव्यङ्ग्यतर्फको ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशी जनही रू १०,००० र प्रमाणपत्र रहेको छ । त्यस अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ ।

पुरस्कृत स्रष्टा यज्ञशको २०७४ मा फाइनप्रिन्टबाट प्रकाशित ‘भुइयाँु ले २०१८ को दुई लाख राशीको पहिचान पुरस्कार पाएको थियो भने ‘भुइयाँ’ मदन पुरस्कारको लागि अन्तिम मनोनयनमा परेको थियो ।

चर्चित भारतीय साहित्यकार उदय प्रकाशको लघु उपन्यास ‘मोहनदास’ ‘२०६६’ र कथा संग्रह ‘नेलकटर’ (२०७३) यज्ञशद्वारा अनूदित छन्। चिजकुमार श्रेष्ठको ‘घुमीफिरी बन्दिपुर’ पुस्तक सम्पादन र फिटकिरी चलचित्रको पटकथा लेखन गरेका यज्ञश चलचित्र समीक्षक नेपाल ‘फिक्सन’को अध्यक्ष पनि हुनुहुन्छ। १७ वर्षदेखि पत्रकारितामा रहेका यज्ञश १० वर्षदेखि कान्तिपुर दैनिकमा आबद्ध छन्।

इन्द्रासन पुरस्कारबाट पुरस्कृत हास्यकलाकार उत्तम केसीले २०३८ सालदेखि रंगमञ्च क्षेत्रमा प्रवेश ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका केसी निरन्तर हास्यकलाकारको भूमिकामा अभिनय गर्दै आएका छन् ।

रेडियो नेपालबाट प्रसारण हुने रेडियो रसरङ्ग कार्यक्रमको निर्देशन गरेका केसी २०४४ सालदेखि चलचित्र क्षेत्रमा प्रवेश गरी २५० भन्दा बढी चलचित्रमा हास्य अभिनेताको रुपमा अभिनय गरेका छन्।

उत्कृष्ट निर्देशक रेडियो नाटक २०४९ युनेस्को कला पुरस्कार २०५६ नेशनल भिजन विजी एवार्ड २०५३ लगायत थुप्रै फिल्मी अवार्डहरु प्राप्त गरेका केसी चलचित्र कलाकार सङ्घमा आबद्ध छन् ।

आँबुखैरेनी स्रष्टा समाजको आइतबार बसेको समिति र सल्लाहकारहरुको बैठकले त्यस निर्णय गरेको छ । दुवै पुरस्कार यही वैशाख २८ गते शनिबार आँबुखैरेनीमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस