कालीप्रसादको जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ।

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा शनिबार साँझ रिजालको नयाँ पुस्तक विमोचन भएको हो।

नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहे।

विसं. १९९६ विराटनगरमा जन्मेका रिजालले ‘काँडामा हाँसेको जिन्दगी’ मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन्।

शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस