गजल
यतिवेला देशको गित गाउनु पर्छ सरकार
राष्ट्रप्रेम हृदयमा छाउनु पर्छ सरकार
हाम्रो देशको नक्साबाट छुटेका ति भुमी
लिपुलेक र कालापानी आउनु पर्छ सरकार
छिमेकीको नक्सा भित्र हाम्रो भुमी पर्दा
फिर्ता गर भन्नलाई पाउनु पर्छ सरकार
सत्य तथ्य कुरा के हो पत्ता लगाउन
मिचिएको भुमीसम्म धाउनु पर्छ सरकार
छिमेकीले सिमानामा गिद्धे नजर लाय
विद्युतिय घेरावेरा लाउनु पर्छ सरकार
खडानन्द तिमलसिना