धेरै दिनपछि आजफेरि विदेशमा मृत्यु भएका श्रीमान्को पीडा बल्झियो

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर, छर–छिमेकका प्रायस् सबै युवा–युवती रोजगारीका लागि विदेश आउजाउ गर्छन् । कसैको गलामा बिदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुबईबाट फर्किएको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो ।

बाबाले विदेशबाट ल्याइदिएको खेलौनासँग खेल्दै खुसीले आँगनमा उफ्रिरहेको आकाशलाई देखेर अन्जुले आँखाभरि आँसु पार्दै रुन्चे स्वरमा आमासँग सोधी, ‘मामु हाम्रा बाबा कहिले विदेशबाट आउनुहुन्छ रु बाबाले मलाई पनि आकाशको जस्तै खेलौना अनि कम्प्युटर ल्याइदिनुहुन्छ हगि ?

छोरीका प्रश्नको प्रतिउत्तरमा उनका आँखाबाट आँसु झर्न थाले । धेरै दिनपछि आजफेरि विदेशमा मृत्यु भएका श्रीमान्को पीडा बल्झियो । उनी केवल काखमा बसेकी सानी छोरीको टाउको सुमसुम्याइरहिन् । गालालाई चिर्दै उनका आँखाबाट निरन्तर आँसु झरिरहे । कान्तिपुर साप्ताहिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस