भक्तपुर । पुष्पपराग साहित्य प्रतिष्ठानले पुष्पपराग वर्ष सम्मान पुरस्कार २०७६ हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार आगामी चैत ८ गते वार्षिकदिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा यज्ञेश्वर निरौलाले बताए ।
प्रतिष्ठानका संस्थापक सचिव तथा पुरस्कार छनौट समितिका संयोजक डा प्रदीप मैनालीको संयोजकत्वमा बनेको संस्थापक कर्यकारी सदस्यहरूबाटै पाँचजनाको छनोट समिति तयार पारिएको थियो । सो छनोट् समितिमा, डा प्रदीपमैनाली, भुवनराज शिवाकोटी चौघरेु, पदम दाहलु बिन्दु ढकाल र राजबाबु श्रेष्ठ सागर रहेका थिए । सो छनोट् समितिले प्रस्ताव गरेका सर्जकहरुको नामावली कार्यसमितिको बैठकले पारित गरेपछि पुरस्कृत हुनेव्यक्तिहरू टुङ्गो लागेको हो । संस्थासंग भएका पुरस्कार रकम र पुरस्कृत तथा सम्मान हुने व्यक्तिहरूको नामावली
१ पुष्पपराग वर्ष सम्मान पुरस्कार २०७६ -हुसेन खान
२० निलगङ्गा भाषा साहित्य पुरस्कार २०७६ -प्रा गोपिकृष्ण शर्मा
३० मुना स्मृति आख्यान पुरस्कार २०७६ -सरस्वती प्रतीक्षा
४ पद्मावती गीत सङ्गीत पुरस्कार २०७६ -शिशिर योगी
५ शुक्र मन्दिर स्मृति लोक साहित्य पुरस्कार २०७६ -गणेश रसिक
६ तिलकुमारी खड्का स्मृति पुरस्कार २०७६ -पञ्चकुमारी परियार
७ श्रीकृष्णलाल गोपिनी शिवाकोटी स्मृति साहित्य सङ्गीत पुरस्कार २०७६- राम कार्की
यसका साथै संस्थामा वर्षभरि निरन्तर आएर वाचन गर्दै आएका एकजना युवा सर्जकलाई सम्मान गर्दै आएकोमा यस बर्षपनि सम्मानित हुने सर्जकमा राधा दुलाल कार्की परेका छन् । साहित्य साधनामा निरन्तर लागि परेर नेपाली साहित्य जगतलाई फराकिलो पार्ने सर्जक एक जनालाई संस्थाले मानार्थ सदस्यता प्रदान गर्दै आएकोमा यस वर्ष वरिष्ठ कवि भुवनहरि सिग्देल छनौट भएका छन् ।
साथै उक्त सम्मान र पुरस्कृत कार्यक्रममा संस्थामा आवद्ध सदस्यहरू प्रा। डा। निर्मोही व्यास र ढुन्डिराज पोखरेललाईपनि पुष्पपराग जेष्ठ सदस्य सम्मान प्रदान गरिने भएको छ ।
निर्णायक समितिभित्र रहेर निष्पक्ष निर्णयगरी सम्मान गरिनूपर्ने व्यक्तित्व छान्नुहुने सम्पूर्ण छनोट समिति सदस्यहरू, निर्णायक डा प्रदीप मैनाली, पदम दाहल, भुवनराज शिवाकोटी ुचौघरेु, बिन्दु ढकाल र राजबाबु श्रेष्ठ सागर हरुमा पुष्पपराग सम्पूर्ण टीम आभार व्यक्त गर्दछ । आयोजकको रुपमा पुष्पपराग साहित्य प्रतिष्ठान भक्तपुर रहेको छ ।