हाम्रो घरमा धेरै कुखुराहरु पालेको थियो
जब एक साथ तिनिहरु गर्भवती भए
तब
सुरछित आवासको खोजमा भौतारिरहे
मैले दरवारमा पाले
र गोठालेहरु पनि राखेको थिए
र सबैभन्दा माथी
सरकारमा म बसेको थिए ।
हरेक साल कार्टुन गोठ र गुडमा
चल्लाहरु कोरल्ने ती कुखुरिहरु
तर,अफसोच यो बर्स
आएर खुद मेरो ओछ्यानको नजिक
अनि भडारमा गुड बनाएर
महिनौदिन सम्म लगातार
डेरा जमाएर
सारा कुखुरिहरु ओथारा बसे र बसिरहे ।
।
मैले त्यसदिन मात्र यो खबर थहा पाए
जुनदिन च्यु च्यु गर्दै चल्ला बाहिर निस्कियो
वा,मानौ कि
जुनदिन सारा सुलसुलेहरु
बनकर आगो झै गरेर मेरो ओछ्यान
अनि घरभरी फैलिसकेको थियो
र मेरो सिङ्गो परिवारलाइ अनेकथरी
रोग लागिसकेको थियो
।
डेङ्गु ,मलेरिया, एलर्जी ,
र बर्डफ्ल्यु फैलिसकेको थियो
कति कुखुरिहरु त विभिन्न जङ्गगली जनवार
र सर्पहरुको सिकार भए
त कति कुखुराहरु उपचार नपाएर मरे
र कति रुढी आएर सकिए
त केहि जङ्गगली जनवार
अनि घर भरि
अझ अखङ्गख्य डर फैलाएर गए ।
घरमा बस्न नसकेर म घरबाट भागेर
ऐले निस्किएर अनि लकडाउनभन्दा पर
सडक किनारमा आएर
अनि एकछिन लाचार भएर
मन मनै यो सोचिरहेछु
सरकार !
किन मैले
चल्ला कोरल्ने ती कुखुरिहरुको
पैले नै ब्यवस्थापन गर्न सकिन ?
किन गर्न सकिएन
पैला नै ती कुखुरिहरुको मागको सम्बोधन?
चौकिदार!
किन गर्न सकिएन ?
र फेरि किन गर्न सकिएन
दरवारका सबै झ्यालढोकाहरु किन बन्द गरिएन?
गुप्तचर
मेरो घरका लोकल लिडर
अनि ,
ए! मेरो घरका मुर्ख मान्छेहरु हो?
र जहाँ फेरि किन तिनिहरु आएको
खबर थहा पाएर पनि
किन अर्कै कोठाको क्वारेण्टाइनमा गुढ बनाएर राखिएन?
जुन दिन मेरो घरमा कुनै रोग नै भित्रीएको थिएन
गल्ती गरियो
गृहप्रसासन !
गल्ती गरियो !
गोठालो!
गल्ती गरियो !
बिगत…………
र सायद ,सबैभन्दा ठूलो भुल
आज यहि नै प्रमुख साबित भैदियो ।
अन्तत,भारतहुँदै
मधेस
र यो सिङ्गो देसभर कोरोना फैलियो ।
आफैले आफ्नु आत्मालोचना गरिरहेछु
र एकसाथ यो बिचार सोचिरहेछु म ऐले
आखिर अब ,के गर्ने ?
अनि कसरी बचाउने
रोगले ग्रसित मेरो परिवारलाइ?
सबालभित्रको सबैभन्दा ठुलो सबाल
सायद ,यहि हो कि !
अब कसरि जोगाउने
यो नेपाललाइ ?
लेखक : सुजन बुढाथोकी
मोरङ